टी १० लिगमा सोमपालले एकै ओभरमा लिए २ विकेट

२२ माघ ७७, शुक्रबार

२२ माघ, एजेन्सी ।
युएईमा जारी आबुधाबी टी १० लिग अन्तर्गत बिहिबार सोमपाल कामीले एकै ओभरमा २ विकेट लिएका छन् । सुपर लिगको डेकन ग्लाडिएटर्सविरूद्ध कामीले आफ्नो पहिलो ओभरमा मात्र २ रन खर्चिएर प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिन सफल भएका हुन्।

Advertisement

टिमको छैटौं ओभर लिएर आएका सोमपालले पहिलो बल डट फालेका थिए भने दोस्रो बलमा एक रन दिएका थिए। तेस्रो बलमा पनि एक रन खर्चिएका उनले चौथो बलमा गुप्तालाई ३५ रनमा आउट गरे। उनले गुप्तालाई मोसादेक हुसेनको हातबाट लङ अनमा क्याच आउट गराए ।

पाँचौ बल डट फालेका उनले छैटौं बलमा यासिर कलिमलाई आउट गरे। उनले कलिमलाई २८ रनमा पेभेलियन फर्काए। त्यसपछि आठौं ओभरमा उनले १० रन दिए पनि विकेट लिन सकेनन्।

Advertisement

सोमपालको यो जारी टि१० लिगमा छैटौं खेल हो । यसअघि पहिलो खेलमा सोमपालले नर्थन वारियर्सविरुद्ध डेब्यू गर्दै २ ओभरमा २८ रन खर्चेका थिए । दिल्ली बुल्सविरुद्ध १७ र बंगला टाइगर्सविरुद्ध १२ रन खर्चेका थिए । कलन्दर्सविरुद्ध सोमपालले एक ओभरमा १९ रन खर्चेर १ विकेट लिएका थिए । टिम आबूधाबीविरुद्ध एक ओभरमा २७ रन खर्चेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top