बन्चरो प्रहार गरी श्रीमतीको हत्या

२५ माघ ७७, आइतबार

२५ माघ, तेह्रथुम ।
तेह्रथुमको लालीगुराँस नगरपालिका—३ मुसाङखेलमा एक व्यक्तीले बञ्चरो प्रहार गरि आफ्नै श्रमतीको हत्या गरेका छन् । ४३ बर्षिय नरबहादुर लिम्बुले आईतबार बिहान ११ बजे बञ्चरो प्रहार गर्दा उनकी ४७ वर्षीया श्रीमती मईतरानी लिम्बुको मृत्यु भएको हो ।

Advertisement

टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा मईतरानीको शव घर नजिर्कको बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरिक्षक कोमल ठाकुरले जानकारी दिए ।

सामान्य घरायसी बिवादमा बारीमा काम गरिरहेको अवस्थामा नरबहादुरले आफ्नी श्रीमतीलाई एक्कासी बञ्चरो प्रहार गरेको बताइको छ । घटनामा संलग्न लिम्बुलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top