हतियार प्रहार गरि घरभित्रै महिलाको हत्या

२५ माघ ७७, सोमबार

२६ माघ, बारा ।
बारा महागढीमाई नगरपालिका–१ मा एक महिलाको हत्या भएको छ ।

४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति घरभित्रै हत्या भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको जानकारी आएको र प्रहरीले अनुसन्धान सुरु गरेको नेपालले बताए । श्रीमान खाना खाएर घर बाहिर निस्किएका बेला उक्त घटना भएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top