सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

२६ माघ, काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ ।

बजेट अधिवेशन भएको ५ महिनापछि आजदेखि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

गएको जेठ १३ गते देखि सुरु भएको सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन भदौ ३१ गते सकिएको थियो। आजको बैठकमा तीनवटा विधेयक पेस गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेपछि सफल नहुने भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ओली समूहका सांसदहरु अल्पमतमा रहेकाले उनीहरुको प्रयास असफल हुने देखिएको हो । प्रदेश सरकारबाट बाहिरिसकेको ओली समूहका सांसदहरुले अविश्वासको प्रस्तावका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ खोजिरहेको बुझिएको छ ।

अहिले सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सांसदमध्ये नेकपाका मात्रै ३९ जना रहेका छन् । उनीहरुमध्ये ७ जनामात्रै ओली समूहका रहेका छन् । यस्तै नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन् । यसअघि वाग्मती प्रदेश र प्रदेश १ का मुख्यमन्त्रीविरूद्ध नेकपा प्रचण्ड(नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top