उत्तराखण्डमा हिमनदी फुट्दा ज्यान गुमाउनेको सङ्ख्या १८ पुग्यो, २ सयबढी अझै बेपत्ता

२६ माघ, काठमाडौँ । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुट्दा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । हिमनदी फुटेर धौलीगङ्गालगायत नदीमा आएको बाढीमा परेर दुई सयभन्दा धेरै जना सम्पर्कविहीन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उत्तराखण्डका प्रहरी महानिर्देशक अशोक कुमारले अहिलेसम्म १८ वटा शव भेटिएको र दुई सय दुई जनाको खोजी भइरहेको बताएका छन् । अटोमेटिक ट्रान्समिट पावर कन्ट्रोल (एटीपीसी) ले सुरुङमा उद्धार कार्य चलाइरहेको उनले बताए ।

त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का महानिर्देशक एमएन प्रधानले चमोली जिल्लामा हिमनदी विस्फोटपछि कैयौँ व्यक्ति साढे दुई किलोमिटर लामो सुरुङमा फसेको, अहिले एक किलोमिटरसम्म माटो हटाइएको र चाँडै मानिसहरु फसेका ठाउँसम्म पुगिने जानकारी दिए ।

Advertisement

हिमनदी विस्फोटका कारण पुल भत्किएपछि चमोली जिल्लाका १३ गाउँ अलग भएको बताइएको छ । ती गाउँका मानिसहरुलाई उद्धार गर्ने काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

आइतवार चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गालगायतका नदीमा बाढी आएको थियो । हिमताल फुटेपछि आएको बाढीका कारण दुई वटा जलविद्युत् परियोजना र बाँधमा क्षति पुगेको बताइएको छ । अहिले बन्दै गरेको ऋषिगङ्गा जलविद्युत् परियोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनामा पनि क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

अचानक आउने बाढी पहिरोको उच्च जोखिममा पर्ने पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्डमा सन् २०१३ को जुन महिनामा ठूलो वर्षापछि आएको बाढीका कारण झण्डै ६ हजार मानिसको ज्यान गएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top