×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

पाँच दिनमा बलात्कारका तीन घटना

२७ माघ २०७७

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो। रौतहट घर भई सहिद लखन गाउँपालिका–८ बस्ने रमन मुखिया माघ २० गते २६ वर्षकी युवतीलाई जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा छानबिन भइरहेको छ। पीडक परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए।

माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने चार वर्षकी बालिका विद्यालयमै बलात्कृत भइन्। बलात्कार आरोप लागेका १३ वर्षका बालक प्रहरीको बाल हिरासतमा छन्। बालिकाको परिवारले २२ गते जाहेरी दिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। माघ २४ गते सहिद लखन गाउँपालिका–७ का २५ वर्षीय युवक १४ वर्षकी बालिकालाई जबर्जस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका छन्। घरमा कोही नभएका बेला युवतीलाई ललाईफकाई बलात्कार प्रयास गरेको भन्दै पीडित परिवारले प्रहरीमा जाहेरी दिएको छ। ‘अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,’ एसपी गुरुङले भने।

Advertisement
Advertisement
Advertisement
Advertisement

यी घटनाअघि पनि माघ ८ गते गोरखा नगरपालिका–६ मा बस्ने २२ वर्षकी युवतीलाई ३० वर्षका पुरुषले बलात्कार गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको छ। घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसरी गोरखामा माघमा मात्रै बलात्कार र प्रयासका चारवटा घटना भएका छन्।, यो समाचार आजको नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top