सबै स्थानीय तहमा तीन वर्षभित्र पक्की सडक

२७ माघ ७७, मंगलबार

आउँदो तीन वर्षभित्र मुलुकका सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याइने भएको छ । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रम अगाडि बढाएको हो ।

Advertisement

सरकारको पन्ध्रौँ पञ्चवर्षीय आयोजनाअन्तर्गत यो कार्यक्रम सूचीकृत गरिएको छ ।स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टाले अहिलेसम्म एउटा पनि पक्की बाटोले नजोडिएका स्थानीय तहको केन्द्रसम्म अबको तीन वर्षभित्र कालोपत्रे सडक निर्माण कार्यक्रम अगाडि बढाइएको जानकारी दिए ।

यस कार्यक्रमलाई तीव्रता दिन सातवटै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना भइसकेको उनले बताए ।कार्यक्रम अगाडि बढाउन सरकारले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ पारितसमेत गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top