चरम गरिबी सहन नसकेर महिलाले मृत्यु राेजिन्, सँगै गएका छोराछोरी पनि बेपत्ता

२६ माघ ७७, मंगलबार

काठमाडौं: दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृत भेटिएकी छन् । उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीया छोरा भने अझै बेपत्ता छन् ।

यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुँडभन्ज्याङ गाउँ शोकमा डुबेको छ । चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन् । मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वषीया देवकीको शव सुनकोसी नदीमा डुबर मृत अवस्थामा भेटिएको हो ।

छोरी–छोराले लगाएका चप्पल भने नदीको किनारमा एकै ठाउँमा भेटिएको छ । दवकी गत शुक्रबार साँझ, दुई सन्तानलाई लिएर घरबाट निस्केकी थिइन् । ‘दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएकी देवकीका पति गोपाल नेपाली पनि सँगै मजदुरी गर्छन् । तर, गोपालले अत्यधिक मदिरा सेवन गरेर घर व्यवहार नहेर्ने भएपछि गरिबीको चरम पीडामा परेकी देवकीले आत्महत्या नै गरेको गाउँलेको अनुमान छ,’ स्थानीय शंकर बरालले भने ।

Advertisement

देवकीका पति आइतबारदेखि नै बेहोस छन्। वृद्धा सासू, ससुराको होस ठेगानमा छैन। देवकीका माइती भेला भएका छन्। सुस्मिता र सुजनका साथीहरूको पनि आँखाबाट आँसु थामिएको छैन। ‘दुःख गरेरै भए पनि परिवार चलाउँदै आएकी बहिनीले सन्तानसहित नदीमा हाम फालेर प्राणत्याग गरिन्,’ दाजु दीपक नेपालीले भने । याे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top