फोरम र नेकपाबीच तत्काल पार्टी एकीकरण सम्भव छैन ः फोरम अध्यक्ष यादव

काठमाडौँ, जेठ २४
संघीय समाजवादी फोरम नेपालले तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।

केन्द्र सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भई सामेल भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै नेकपासँग एकीकरण हुन लागेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सुनियोजित समाचारहरु प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

उनले फोरमको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्ने निर्णय गरेका भए पनि तत्काल नेकपासँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

‘तथ्यहीन ढङ्गले आइरहेका गलत समाचारले जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्छौं, अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top