तरकारी बजारलाई किसानसँग प्रत्यक्ष जोड्ने नीतिको तयारी

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले देशकै ठूलो तरकारी बजारलाई प्रत्यक्ष रूपमा किसानसँग जोड्ने गरी नीति ल्याउने सरकारको तयारी रहेको बताउनुभएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारको मङ्गलबार अनुगमन गर्दै मन्त्री अर्यालले मन्त्रालयले किसानको पहुँच सीधै बजारमा जोड्न सक्ने नीति ल्याउने तयारी गरेको बताउनुभएको हो ।

मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने बताउनुभयो ।

कालीमाटी बजारको अनुगमनका क्रममा कालीमाटी बजार विकास समिति, व्यवसायी, किसान र भरिया मजदुरसमेतको अवस्था बुझ्दै उहाँले कालीमाटीका सम्पूर्ण समस्या लिखित रूपमा समितिमार्फत ल्याउन निर्देशन दिनुभयो साथै मन्त्री अर्यालले बजारमा तरकारीको थोक र खुद्रा मूल्यदेखि बजारको सरसफाइ र अन्य व्यवस्थापनबारे पनि चासो राख्नुभएको थियो ।

Advertisement

कालीमाटी फलफूल तथा तरकारी बजारको साधारण सभासम्म मन्त्रालय र बजार व्यवस्थापन बसेर बेथिति अन्त्य गर्ने गरी व्यवस्थित गराउनका निम्ति योजना लिएर आउन पनि समितिलाई निर्देशन दिनुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले जुनसुकै परिस्थिति आउँदा पनि अब किसानलाई मलको अभाव हुन नदिने गरी मलको भण्डारण स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले सहज ढङ्गले मल प्राप्त गरेको उहाँले दाबी गर्नुभयो । बजारको स्टलहरूको बेथितिलाई नियन्त्रण गरी प्रणालीमा ल्याउनुपर्ने भन्दै मन्त्री अर्यालले कालीमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top