महिला राष्ट्रिय लिगमा एपिएफले चन्द्रपुरलाई हरायाे, सावित्राले गरिन् ६ गोल

२८ माघ ७७, बिहीबार

२८ माघ, काठमाडाैँ ।

विभागीय टोली एपिएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो । एपिएफले जित निकाल्दा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक सहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।
पहिलो मिनेटमा नै गोलको खाता खोलेकी अनिताले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएकी थिइन् । ह्याट्रिकसहित ६ गोल गरेकी सावित्राले छैटौं, ३३औं, ४७औं, ६०औं, ६२औं र ७९औं मिनेटमा गोल गरेकी हुन् ।

Advertisement

यस सँगै एपिएफले जारी लिगमा अगातार आठौं जित निकालेको छ । एपिएफले ८ खेलबाट २४ अंक जोडेको छ । जितपछि एपिएफले उपाधि उचाल्ने सम्भावनालाई बलियो बनाएको छ ।

पराजित चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top