वाग्मती प्रदेश सरकारले नेपाल प्रहरीलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने

२८ माघ ७७, बुधबार
Share this
734shares

२८ माघ, वाग्मती।

Advertisement

वाग्मती प्रदेश सरकारले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रहरीका लागि १२ गाडी र २२ मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।

बैठकले स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वय गराउने तथा विभिन्न खालको योगदान दिने निर्णय गरेको छ । त्यस्तै सरकार स्थापनाको तीन वर्ष पुगेका अवसरमा भोलि मनाउन लागिएको तेस्रो वार्षिकोत्सव कार्यक्रम धुमधामसँग मनाउने निर्णयसमेत गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए ।

Advertisement

बैठकले प्रदेशभित्रका नागरिकलाई हृदयघात भएमा तत्काल उपचार गर्नेसम्बन्धी गङ्गालाल हृदय रोग केन्द्रसँग सहकार्य गर्नेलगायत निर्णय गरेको उनले बताए ।

रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top