ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२८ माघ ७७, बिहीबार

२९ माघ, सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ पकली चोकमा बुधवार दिउँसो ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाईकल चालक बेलका नगरपालिका-९ उदयपुरका ५४ बर्षीय राजेन्द्र शाहको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top