×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पीएम रोजगार कार्यक्रमः बैतडीमा चार हजारले पाए रोजगारी

२९ माघ, बैतडी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार दुई सय ८१ जनाले रोजगारी पाएका हुन् ।

स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले एक सय दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी आठ सय ३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार दुई सयले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए । उनले भने, “उक्त कार्यक्रमका लागि चार करोड ३३ लाख रुपैयाँ निकासा भएको छ ।”

Advertisement
Advertisement

जिल्लाको पुर्चौंडी नगरपालिकामा ४ सय ५४ जना प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७ सय ६२ जना छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको थियो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन करोड ९६ लाख रुपैयाँ बजेट निकासा भएको छ ।

यस्तै मेलौली नगरपालिकामा आवेदन दिएका एक हजार २४ मध्ये दुई सय ७१ जना छनोट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मेलौलीमा एक करोड ४४ लाख रुपैयाँ निकासा भएको छ । यस्तै दशरथचन्द नगरपालिकामा एक हजार ६ सय ८२ जनाले आवेदन दिएकामा चार सयले रोजगारी पाउने भएका छन् । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि दुई करोड रुपैयाँ बजेट निकासा भएको छ ।

डिलाशैनी गाउँपालिकामा तीन सय ३४ ले रोजगारी पाउने भएका छन् । यसका लागि एक करोड ७२ लाख ६८ हजार रुपैयाँ निकासा भएको छ । यस्तै एक करोड ३९ लाख ५७ हजार रुपैयाँको निकासा भएको दोगडाकेदार गाउँपालिकामा दुई सय ७० जनाले रोजगारी पाउने भएका छन् । पञ्चेश्वर गाउँपालिकामा पाँच सय ३८ जना प्रधानमन्त्री रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका छन् । सिगास गाउँपालिकामा चार सय ५१ ले रोजगारी पाउने छन् । यहाँ दुई करोड १५ लाख ८६ हजार रुपैयाँ निकासा भएको छ । शिवनाथ गाउँपालिकामा चार सय २३ जनाले रोजगारी पाउने छन् भने दुई करोड १८ लाख रुपैयाँबजेट निकासा भएको छ ।

Advertisement

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही पालिकाले काम शुरु गरिसकेका छन् भने केही पालिकाले योजना छनोट गरिरहेको जनाइएको छ । कोरोना भाइरसका कारण रोजगार गुमाएर जीविकोपार्जनमा समस्या भएका नागरिकलाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिइएको स्थानीय तहहरुले जनाएका छन् । (रासस)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top