सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालनको तयारी

२८ माघ ७७, बिहीबार

२९ माघ, काठमाडौं ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी छलफल शुरुआत भएको छ । राष्ट्रिय गौरवको सो आयोजनाअन्तर्गतको सुरुङ पुनः परीक्षणको तयारी भइरहँदा खानेपानी मन्त्रालय, आयोजना, काठमाडौँ उपत्यका खानेपानी विकास बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी प्रशोधन केन्द्र सञ्चालनबारे छलफल गरिरहेको हो ।

सुन्दरीजलमा पानी झारेदेखि नै केयुकेएलले पानी प्रशोधन केन्द्रमा केही सङ्ख्यामा कर्मचारी राख्ने गरी गरी छलफल भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए । पानी सो स्थानमा आएपछि पहिलो तीन महिना निर्माण कम्पनी आफैँले नै परीक्षण र सञ्चालन गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएकोे उनले बताए । उनका अनुसार प्रशोधन केन्द्र ठीक छ भन्ने भएपछि मात्रै लिमिटेडलाई हस्तान्तरण गर्ने योजना बनाइएको भए पनि अहिले शुरुमा नै लिमिटेडका कर्मचारी समावेश गर्ने योजना बनाइएको छ । उनले भने, “शुरुमा नै कर्मचारी त्यहाँ भएपछि हामीलाई पछि सञ्चालनमा सजिलो हुनेछ ।”

Advertisement

प्रशोधन केन्द्र निर्माण हुँदा संरचना सञ्चालन भएको तीन महिनाको अवधि निर्माण कम्पनीको नै हुने र कुनै समस्या आएमा उसैको हुने गरी सम्झौता भएको थियो । लिमिटेडका कर्मचारी शुरुदेखि नै केन्द्र सञ्चालनमा सहभागी हुँदा त्यसलाई कसरी सञ्चालन गर्ने भनी सिक्ने र केही समस्या आएको पाएमा तत्काल सच्याउन निर्माण कम्पनीलाई भन्ने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । उनले भने, “छिट्टै नै यसबारे निर्णय गरेर अघि बढिनेछ ।”

गत वर्ष नै सम्पन्न भएको प्रशोधन केन्द्र मेलम्चीको पानी नआएकाले अहिलेसम्म प्रयोगमा आइसकेको छैन । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङ, हेडवक्र्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको थियो । प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भएको थियो । सुरुङ, हेडवक्र्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ ।

Advertisement

यी दुई प्रशोधन केन्द्रसँगै चालु आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट आउने थप १७÷१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाले जनाएको छ । एडिबीको आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको छ ।

आयोजनाको सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइरहेकाले त्यो सकिएपछि मात्रै पुनः परीक्षण गर्न सकिने बताइएको छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गरेको पुनः जडान गरिसकेको छ । आयोजनाले थप सुधारका केही काम पनि गरेको थियो । आयोजनाले सुधार गरेपछि पनि अझै कुनै समस्या छ÷छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए । उनले भने, “समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।”

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा गत असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरेको थियो । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गरेको हो । पहिले परीक्षण हुँदा पनि इटालियन विज्ञ प्रतिनिधि ल्याइएकामा पुनः परीक्षण पहिले पनि परीक्षणका लागि पनि पुनः अर्को टोली आएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top