मोरङको जहदामा दाउ प्रहार गरी महिलाको हत्या

२८ माघ ७७, बिहीबार

२९ माघ, विराटनगर ।
मोरङको जहदा गाउँपालिका १ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीगञ्ज नगरपालिका १ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् ।

सवरियाका ज्वाई नाता पर्ने मण्डलले बुधवार बिहान सवा ७ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयमा धारिलो हतियार दाउले टाउकोमा प्रहार गर्दा घाईते भएकी सवरियाको उपचारको क्रममाकोशी अस्पताल बिराटनगरमा बिहीबारदिउँसो २ बजे मृत्यु भएको हो ।

सवरियाको हत्या आरोपमा पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top