इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा सरकार

२९ माघ ७७, शुक्रबार

२९ माघ, काठमाडौँ ।

नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गरिने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागिएको हो ।

नयाँ सवारी साधन दर्ता गर्दा नै इम्बोस्ड नम्बर प्लेट दिइने विषयमा छलफल भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । गत साउनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरिएको भए पनि कोभिड–१९ का कारण अहिलेसम्म थोरैले मात्रै लिएका छन् । सरकारी, निजी, सार्वजनिक, कूटनीतिक नियोग, संस्थान गरी सबै सवारी साधनमा अनिवार्य गरिने उनले जानकारी दिए। पहिले नयाँमा अनिवार्य गरेपछि विस्तारै पुरानो सवारी साधनमा पनि अनिवार्य गरिँदै जाने उनको भनाइ छ । उनले भने, “नयाँ सवारी साधनमा अनिवार्य गर्दा पनि सडकमा यसको सङ्ख्या बढेको देखिनेछ ।”

Advertisement

सो नम्बर प्लेट शुरु गरिएको सात महिनामा अहिलेसम्म पाँच हजार ६०० सवारी साधनले मात्रै नम्बर प्लेट लिएका छन् । विभागले पहिलो चरणमा सबै सरकारी सवारी साधनलाई यसको प्रयोग अनिवार्य गरेको छ । आगामी महिनाभित्र सबै सरकारी सवारी साधनले लिइसक्नुपर्ने भने पनि अहिलेसम्म इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या पाँच हजार ६०० मात्रै पुगेको छ । तोकिएको अवधि नजिकिँदै गर्दा केही बढ्न थालेको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरुआत गरेका थिए । सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डका रूपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारी साधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारी साधनका लागि रु दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार दुई र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

Advertisement

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फारम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । यस्तो नम्बर प्लेट हाल प्रयोगमा रहेका नम्बर प्लेटभन्दा बढी टिकाउ छ । प्लेटमा रहेको चिपमा सो सवारी साधनसम्बन्धी सबै जानकारी हुने बताइएको छ । सरकारले विसं २०७४ मा नै सो नम्बर प्लेट वितरण गर्ने तयारी गरेको थियो । त्यतिबेला नेपालीमा हुनुपर्ने माग राख्दै सर्वाेच्च अदालतमा परेको रिटका कारण प्रक्रिया अवरुद्ध भएको थियो । तीन वर्षपछि अङ्ग्रेजी भाषामा नै नम्बर प्लेट वितरण भइरहेको छ ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top