आइसिसी क्रिकेट विश्वकप लिग-२ः नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज पुनः स्थगित

३० माघ, काठमाडौँ । कोरोना भाइरसका कारण प्रभावित भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज फेरि स्थगित भएको छ ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी १९ देखि २८ मार्चसम्म ओमानमा सिरिज गर्ने तय गरेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कोभिड-१९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशको भ्रमण प्रतिबन्धका कारण सिरिज स्थगित भएको हो।

Advertisement

नेपाल, अमेरिका र ओमानबीचको सिरिजसँगै पिएनजी, स्कटल्यान्ड र ओमानबीच अप्रिलमा हुने सिरिज तथा पिएनजी, अमेरिका र नामिबियाबीच मेमा हुने सिरिज पनि स्थगित भएको छ।

यसअघि ओमानले सिरिजअघि खेलाडीहरूलाई क्वारेन्टिनमा राख्ने खर्च नबेहोर्ने बताएपछि नेपालले खेल्ने सिरिज अन्योलमा परेको थियो।

Advertisement

कोभिड(१९ प्रोटोकलअनुसार दोस्रो देशबाट ओमान पुग्ने सबैले ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्छ। नेपाल र अमेरिकाको टिम ओमानमा बस्दा लाग्ने खर्च बेहोर्न आफू तयार नभएको ओमानले आइसिसीलाई बताएको थियो।

सिरिजका लागि नेपालले गत शनिबारदेखि अभ्यास सुरु गरेको थियो। प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो। सुरुआती चरणमा भने २१ खेलाडी अभ्यासमा सहभागी थियो। नेपालले पहिलो चरणको तयारी सकेको छ। अब दोस्रो चरणको तयारी सुरु हुनेछ।

यो सिरिजपछि जुलाईमा नेपालले स्कटल्यान्डमा अर्को सिरिज खेल्ने तय छ। सो सिरिजमा नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ।

प्रत्येक टिमले लिग(२ का सबै खेल गरी ३६ वटा खेल खेल्नेछ।

एक टिमले ९ वटा सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। जसमा नेपालले एक सिरिज खेलको छ भने बाँकी ८ वटा सिरिज २०२३ को फेब्रुअरीसम्ममा खेल्नेछ।

३६ एकदिवसीय खेल मध्ये नेपालले ४ खेल खेल्दा अझै ३२ खेल खेल्न बाँकी छ।

लिग(२ मा १० खेल खेलिसकेको ओमान १६ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अमेरिकाको १२ खेलबाट १२ अंक छ।

तेस्रो स्थानको स्कटल्यान्डको ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाको ७ खेलबाट ८ अंक, पाँचौ स्थानको युएईको ७ खेलबाट ७ अंक र छैटौं स्थानको नेपालको ४ खेलबाट ४ अंक छ। सातौं स्थानको पपुवा न्युगिनीले ८ खेलबाट अंक जोड्न सकेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top