प्रतिनिधिसभा विघटनको विरोधमा स्रष्टाहरु हातमा साङलो बाँधेर सडकमा

३० माघ, काठमाडाैँ ।

स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाण्डौमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सर्जक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङलो बाँधेर प्रर्दशन गरेका हुन् ।

“सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन”को ब्यानरमा स्रष्टाहरुले भृकुटीमण्डप देखि बसन्तपुर सम्म र्याली निकालेका छन् । ब्यानर भन्दा अगाडि विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर । लेखिएको प्ले कार्ड टाँसेर हातमा साङलो बाँधेका मण्डला थिएटरका कलाकारहरु थिए ।

उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमन विरुद्ध हातमा साङलो बाँधेर प्रर्दशनमा उत्रिएका हुन् । बसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरुले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए । कलाकारहरुले साङलोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतिकात्मक प्रर्दशन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमन विरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताए । उनले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अहमको चाडै ठेगान लाग्ने विश्वास आफुले लिएको भन्दै सबैलाई एकवद्ध हुन आव्हान गरे । उनले भने “सडक संघर्षमा हामी अघि बढीरहेका छौ । निरंकुश सत्ता सासन र प्रधानमन्त्रीको अंहको चाडै ठेगान लाग्नेछ भन्ने मैले अनुभूति गरेको छु । अहिले मैले किन ओलीलाई गाली गरिरहेको छु त ? यो भाषा कसले सिकायो हामीलाई ?उनैले सिकाए । उनलाई तँ भनेर गाली गर्दा पनि ठिक हुने पोजिसन सिकाएको उनैले हो । संस्कृति त होइन नि त । यो सिकाएकै उनैले हो । गाली गर्न सिकाएको उनैले हो । ”

यो साझा मुद्दा भएकाले पक्ष÷विपक्ष र प्रतिगन हो÷होइन भनेर नेतालाई नसोधी सडक संघर्षमा एकजुट हुन उनले सबैलाई आग्रह गरे । साझा फोरमका सम्बन्धमा स्रष्टाहरुले जिज्ञासा राख्ने गरेको भन्दै उनले भने “ यो त साईलाका जन्ती जानुहुन्छ भने मात्रै म बेहुली लिन जान्छु भने जस्तै हो ।” स्रष्टाहरुको प्रर्दशनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईँटेल, दयाहाङ राई आहुति, निनु चापागाई, विमला राई लगायतको उपस्थिति रहेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top