विद्युत् चोरी गरेर पानीतान्ने पम्पबाट खेतमा सिँचाइ

३० माघ ७७, शनिबार

१ फागुन, सुनसरी ।
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए ।

विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने कुनै झन्झट थिएन । उनले नियमति विद्युत् प्रयोग गरेपनि तिर्नुपर्ने बिल घरमा नआउँदा उनलाई यसप्रति कुनै चिन्ता थिएन ।

चौधरीजस्तै रामधुनी गाउँपालिका–८ निवासी राजकुमार उराँव पनि आफ्ना खेतमा सिँचाइका लागि पानीतान्ने पम्पबाट सिँचाइ गरिरहेका थिए । खेतमा जति सिँचाइ गरे पनि विद्युत्को महशुल तिर्न उनलाई समस्या थिएन ।

वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत् उपयोग गर्ने उनीजस्तै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी विजय यादव, कोशी गाउँपालिका–६ निवासी चन्दन यादव, इनरुवा नगरपालिका–८ निवासी रामचन्द्र मण्डलसहित ३५ जना उपभोक्ता एकैपटक विद्युत् चोरीको आरोपमा पक्राउ परे ।

सूचनाका आधारमा विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणले बनाएको योजनामा नेपाल प्रहरी र सशस्त्र तथा विद्युत कार्यालयका कर्मचारी सहितको टोलीले एकासाथ ३५ जनालाई पक्राउ गरी कारवाही चलायो ।

जनही रु ११ हजार ८३० जरिवाना तिराई गरिएको कारवाहीबाट प्राधिकरणले रु तीन लाख ७८ हजार २४० असुलउपर गरेको नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिए ।

उनले सुनसरीमा विद्युत् चोरी भइरहेको अन्य ठाउँबाट पनि सूचना आइरहेको छ, यसलाई पूर्णरुपमा नियन्त्रण गर्न अभियान चलाएका छौँ, यस अभियानलाई सफल बनाउन विद्युत् चोरी गर्नेका छरछिमेकले पनि सहयोग गर्नुपर्छ भने ।

गैरकानूनी तरिकाले विद्युत् चोरी गर्दा मानिसको ज्यान पनि जान सक्ने भएकाले यसबाट बच्न र बचाउन अभियान सञ्चालन गर्नु परेको प्रमुख साहको भनाइ छ ।

आफ्ना सेवा क्षेत्रमा विद्युत् चोरी हुन नदिन निकै सतर्कता अपनाए पनि रातिको समयमा हुने चोरीलाई नियन्त्रण गर्न केही समस्या भएको छ भन्दै प्रमुख साहले विद्युत् बाल्ने र महशुल भुक्तानी नगर्ने उपभोक्ताको पनि सूची तयार गरेर विद्युत् विच्छेद गर्ने योजना बनाई काम गरिरहेको बताए।

उनले यसकार्यअन्तर्गत विद्युत् महशुल नतिर्ने १२२ को लाइन काटिएको बताए । लाइन काटिएका ग्राहकबाट कूल रु ३३ लाख ६६ हजार असुलउपर गरेको बताइएको छ । हाल यो शाखाअन्तर्गत ४५ हजारभन्दा बढी उपभोक्ता छन् ।(रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top