×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाँच हजारबढी भूकम्पपीडित लाभग्राही सूचीबाट हट्दै

१ फाल्गुन २०७७

१ फागुन, काभ्रे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ ।

Advertisement
Advertisement

जिल्ला कार्यान्वयन एकाईले गत पुस १५ गतेभित्र आवास निर्माण सम्झौता गरी पहिलो किस्ता रकम नलिएका पाँच हजार ३७२ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाउन पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयमा सिफारिस गर्ने भएको हो ।

प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्पपीडितले गत पुस १५ गतेभित्र पहिलो किस्ता अनुदान रकम बुझ्नु पर्ने अन्तिम सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र पहिलो आवास अनुदान रकम नलिएकाकालाई लाभग्राही सूचीबाट हटाउन लागिएको धुलिखेलस्थित कार्यालयका निमित्त प्रमुख रामप्रसाद ख्याजूले जानकारी दिए । उनका अनुसार लाभग्राहीमा सूचीकृत भएका तर तोकिएको समयसीमाभित्र अनुदान रकम नलिएका लाभग्राहीहरु हट्ने भएका हुन् ।

उनले भने, “प्राधिकरणबाट आवास पुनःनिर्माण सम्झौता नगर्नेको नाम पठाउन प्रक्रिया थालेका छौँ, सोही अनुसार सूची तयार भैसकेको छ ।” जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय गरी पूर्वाधार कार्यालयले आवास पुनःनिर्माण सम्झौता नगर्नेको नाम निर्णय गरी प्राधिकरणको केन्द्रीय कार्यालय पठाउने जनाएको छ ।

प्राधिकरणले यसअघि सम्झौता भएका भूकम्पपीडितले पुस १५ गतेभित्र सम्झौता गरी आवास पुनःनिर्माणको प्रथम किस्तावापतको रु ५० हजार लैजानु पर्ने समयसीमा तोकेको थियो । हालसम्म आवास पुनःनिर्माणमा सूचीकृत भएका जिल्लाका ८४ हजार ६९० भूकम्पपीडित परिवारमध्ये पाँच हजार ३७२ सम्पर्कमा आएका छैनन् । विभिन्न चरणको गुनासोपछि लाभग्राहीमा सूचीकृत तथा पहिलो चरणमा सम्झौता गरेकासमेत सम्पर्कमा नआएको पूर्वाधार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बनेपा नगरपालिकामा ५४९, मण्डनदेउपुर नपामा ४६२, धुलिखेल नपामा ४६१, पाँचखाल नपामा ६१३, पनौती नपामा ६४३, नमोबुद्ध नपामा ७१५ तथा बेथानचोक गाउँपालिकामा ३२७, भुम्लुमा २७१, चौंरीदेउरालीमा ४१७, खानीखोलामा ८३, महाभारतमा ५१, तेमालमा ३२६ र रोशी गाउँपालिकामा ४५४ भूकम्पपीडित परिवारले आवास अनुदान रकम सम्झौता नगरेका हुन् । हालसम्म ६३ हजार ६८८ परिवारले दोस्रो किस्ता तथा ५७ हजार ५९५ परिवारले तेस्रो किस्तावापतको रकम बुझिसकेको कार्यालयले जनाएको छ ।

दोस्रो किस्तावापत एक लाख ५० हजार तथा तेस्रो किस्तावापतको एक लाख रकम आवास पुनःनिर्माण सकेपछि दिने नीति छ । जिल्लामा पाँच हजार ३६० लाभग्राहीमा सूचीकृत भूकम्पपीडितले आवास पुनःनिर्माणका लागि प्राधिकरणसँग सम्झौता गरेनन् । कार्यालयले तेस्रो किस्तावापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ७६ दशमलब ८५ प्रतिशत आवास पुनःनिर्माणको सकिएको जनाएको छ ।

Advertisement

कार्यालयमा हालसम्म स्वेच्छिकरुपमा ५२ जनाले आवास पुनःनिर्माणको पहिलो किस्तावापतको रकम फिर्ता गरेका छन् भने सङ्घसंस्थामार्फत आवास पुनःनिर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । सङ्घसंस्थाको सहयोगमा आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान रहेको छ ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top