डब्लुएचओको टोलीलाई कोरोनासम्बन्धि महत्त्वपूर्ण तथ्याङ्क दिन चीनद्वारा अस्वीकार

२ फागुन, एजेन्सी । कोभिड–१९ (कोरोना भाइरस) को उत्पत्तिबारे चीनमा अध्ययन गरिरहेको विश्व स्वास्थ्य सङ्गठनको टोली (डब्ल्यूएचओ) लाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको छ ।

कोरोनाको उद्गमस्थल मानिएको वुहानमा स्थलगत अध्ययन गरिरहेको डब्ल्यूएचओ टोलीलाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

अनुसन्धान टोलीमा रहेका एक सदस्यका अनुसार अनुसन्धान टोलीले चीनसँग सन् २०१९ को डिसेम्बरमा वुहानमा पुष्टि भएका एक सय ७४ जना सङ्क्रमितको प्रारम्भिक पूर्ण तथ्याङ्क माग गरेको थियो । तर चीनले पूर्ण प्रारम्भिक तथ्याङ्कको साटो संक्षिप्त विवरण मात्रै दिएको छ ।

Advertisement

चीनले आफू डब्ल्यूएचओसँग पारदर्शी रहेको दाबी गर्दै आएको भए पनि पछिल्लो आरोपबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

तथ्याङ्क नदिएको कुरा सार्वजनिक भएपछि अमेरिकाले महामारीको प्रारम्भिक चरणको तथ्याङ्क उपलब्ध नगराउनु गम्भीर चासोको विषय भन्दै तथ्याङ्क उपलब्ध गराउन चीनलाई सुझाव दिएको छ ।

अघिल्लो हप्ता डब्ल्यूएचओको टोलीले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा फैलिएको सम्भावना नरहेको निष्कर्ष सार्वजनिक गरेको थियो ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको सङ्क्रमण पछिल्लो एक वर्षदेखि विश्वभर महामारीका रूपमा फैलिएको छ ।

अहिलेसम्म विश्वभर १० करोड ९१ लाखभन्दा धेरै जनामा कोरोना पुष्टि भएकोमा आठ करोड ११ लाखभन्दा धेरै जना निको भएको वर्ल्डोमिटरले जनाएको छ । त्यस्तै सङ्क्रमितमध्ये २४ लाखभन्दा धेरैको ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसविरुद्ध खोप तयार भएर अहिले विश्वका धेरै देशमा खोप अभियान चलिरहेको छ । लामो लकडाउन तथा प्रतिबन्धहरू झेल्न बाध्य बनाएको कोरोना महामारीको प्रभाव अहिले सामान्य बन्दै गएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top