कोरियाली भाषा परीक्षा शनिबारदेखि

२४ जेठ ७५, शुक्रबार

काठमाडौँ, जेठ २५

गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।

परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी उनले दिए।

Advertisement

काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ ।
रासस

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top