काठमाडौँमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने

४ फागुन, काठमाडौँ । देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत पहिलो साता हुने भएको छ ।

स्पिन इभेन्ट्स प्रालिले मंगलबार पत्रकार सम्मेलन गरेर देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत २ देखी ७ गते सम्म सञ्चालन गर्ने बताएको हो ।

अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग साथै वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितामा देश भरका वडाहरुबाट कम्तिमा १ हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगितामा मेन्स युगल, वुमेन्स युगल टिम, वुमेन्स युगल, मेन्स एकल, वुमेन्स एकल, मेन्स भेट्रान एकल (४० वर्षमाथि) र मेन्स भेट्रान्स एकल (५५ वर्षमाथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले भाग लिन सक्नेछन् ।

प्रतियोगिताको मेन्स र वुमेन्स एकल तर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

भेट्रान्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट¬¬) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगितामा सर्वाधिक पदक जितेर टिम च्याम्पियन बन्ने वडालाई ५० हजार प्रदान गरिनेछ । भ्याली कन्स्ट्रक्सन प्रालिको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनुमानित लागत १९ लाख ५० हजार रहेको छ ।

मंगलबार नै स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र भ्याली कन्स्ट्रक्सनका एमडी रविन्द्र महर्जनले प्रायोजक सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार भ्याली कन्स्ट्रक्सनले आयोजकले ९ लाख ७५ हजार उपलब्ध गराउने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top