नेदरल्याण्ड्समा कोरोना नियन्त्रणका लागि लगाइएकाे कर्फ्यू हटाउन अदालतको आदेश

५ फागुन ७७, बिहीबार

५ फागुन, एजेन्सी ।

नेदरल्याण्ड्सको हेगस्थित अदालतले सरकारले गत जनवरीदेखि कोभिड-१९ नियन्त्रणका लागि लागू गरेको रात्रिकालीन कर्फ्यू हटाउन आदेश दिएको छ । कर्फ्यूका कारण नागरिकको स्वतन्त्र रुपमा आवागमन गर्न पाउने अधिकार हनन् भएको भन्दै यसलाई हटाउन अदालतले आदेश दिएको हो ।

आदेशमा राति ९ बजेदेखि विहान ४.४० बजेसम्म आपतकालिन कानुन अनुसार कर्फ्यू लगाइएको तर सरकारले व्याख्या गरेजस्तो आपतकालिन अवस्था नभएको उल्लेख छ ।

Advertisement

कर्फ्यूको विरोधमा थुप्रै डच शहरहरुमा हिंसात्मक घटना भएका छन् । हिजो पनि नेदरल्याण्ड्सको संसद भवन अघि भएको प्रदर्शनको प्रहरीले गस्ती गरेको छ । तर कुनै अप्रिय घटना भने भएको छैन ।

यसअघि पनि अदालतले कर्फ्यु छिट्टै अन्त्य गरिनुपर्ने जनाएको थियो । सरकारले भने अदालत समथ हप्ताको अन्त्य सम्मका लागि आदेशलाई निलम्बन गर्न आग्रह गरेको थियो ।

अदालतको आदेशपछि कर्फ्यु हटे पनि केहि प्रतिबन्धात्मक व्यवस्था आवश्यक रहेको सरकारी प्रतिक्रिया रहेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top