×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न वा सेयर गर्न प्रतिबन्ध

६ फाल्गुन २०७७

६ फागुन, एजेन्सी ।
फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको हो । फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना वा जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने जोखिम बढेको छ ।

Advertisement
Advertisement

बिहीबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका हुन् । यस्तै महत्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् ।

प्रतिबन्धले प्रविधि तथा सामाजिक सञ्जाल जाइन्टको विश्वसनीयतामाथि चुनौति पैदा भएको अस्ट्रेलिया सरकारले बताएको छ ।

समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

गुगल तथा फेसबुकसहितले प्रस्तावित कानून इन्टरनेटको आधारभूत कार्यशैलीसँग मेल नखाने भन्दै आलोचना गरेका छन् । समाचारजन्य सामग्रीका लागि आफूहरुलाई पैसा तिर्न बाध्य पार्नु उपयुक्त नरहेको उनीहरुको भनाई छ ।

अस्ट्रेलिया बाहिर रहेकाहरुले पनि फेसबुकमा त्यहाँको समाचार पढ्न पाउने छैनन् । प्रस्तावित कानून बुधबार अस्ट्रेलियाको तल्लो सदनबाट पारित भएको थियो ।

त्यसलाई कानून बनाउनका लागि प्रक्रिया थप अघि बढाउने अस्ट्रेलियाले बताएको छ । सञ्चार मन्त्री पल फ्लेट्चरले एबिसीसँग भनेका छन्, ‘फेसबुकले यस्तो गर्दा आफ्नो प्रतिष्ठा र मान्यतामा पर्ने असरबारे गम्भीर भएर सोच्नु पर्ने हुन्छ ।’

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top