×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

वाणिज्य सङ्घको चुनावः प्रधानमन्त्रीको गृहजिल्लामा फुटेन नेकपा

६ फाल्गुन २०७७

६ फागुन, झापा ।
देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ ।

दुवै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य सङ्घ कार्यसमितिको यही फागुन १६ गते हुने निर्वाचनमा साझा उम्मेदवार चयन गरेका छन् ।

Advertisement
Advertisement

नेकपाका दुवै समूह चुनावमा एकताबद्ध मात्र भएका छैनन्, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत गठबन्धनमा सामेल गराउन सफल भएका छन् । नेकपाले सुभाष भट्टराईलाई अध्यक्ष पदको साझा उम्मेदवार घोषणा गरेको छ ।

कार्यसमितिको अन्य पदमा दुवै नेकपा र राप्रपा समर्थक व्यवसायी उम्मेदवार बनेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता रोमणि भट्टराईले विर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा साझा उम्मेदवारको चयनले नेकपाका तल्लो तहका आम कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको सन्देश दिएको बताए ।

“आज नेकपा जुन विभाजित अवस्थाबाट गुज्रिरहेको छ, त्यसमा तलका कार्यकर्ताको कुनै दोष छैन”, विर्तामोड उद्योग वाणिज्य सङ्घको चुनावमा नेकपाको तर्फबाट गठित निर्वाचन परिचालन समन्वय समितिका संयोजकसमेत रहेका भट्टराईले भने, “नेकपाका शुभेच्छुक आम व्यवसायीलाई फुटेर होइन जुटेर जितिन्छ भन्ने लाग्यो, एकता सफल हुनुको मुख्य कारण र यथार्थ पनि यही हो ।”

प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला भएका कारण झापामा नेकपाले जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको व्यावसायिक चुनावमा कायम राखेको एकताले मुलुकभर सकारात्मक सन्देश प्रवाहित गर्ने चर्चा शुरु भएको छ ।

नेकपाको तर्फबाट अध्यक्षकोे साझा उम्मेदवार चयन भएका युवा व्यवसायी भट्टराई व्यवसायीमाझ लोकिप्रय हुन् । उनी विभाजित नेकपामध्येका कुनै पनि समूहमा खुलेर लागेका छैनन् ।

यसअघि झापाकै कृषि थोक बजार व्यवस्थापन समिति र जिल्ला सहकारी सङ्घको चुनावमा दुवै नेकपा विभाजित नभइकन साझा उम्मेद्वार चयन गर्न सफल भइसकेका छन् ।

दुवै संस्थाको चुनावमा नेकपाका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार निर्वाचित भएका छन् । बुधवार उम्मेदवार घोषणा कार्यक्रममा नेकपाका दुवै समूहका उच्च तहका नेता हाँसीखुशी एउटै लहरमा मञ्चमा उभिएका थिए ।

नेकपाको ओली समूहका १ नं प्रदेशका अध्यक्ष देवराज घिमिरे, प्रचण्ड–नेपाल समूहका झापा जिल्ला सचिव एवं साविक नेकपा माओवादीका जिल्ला सेक्रेटरी विजय साम्पाङलगायतका नेताले आफ्ना समर्थकलाई कुनै पूर्वाग्रह नराखी साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।

“वाणिज्य सङ्घको चुनावको विषयमा हामी दुवै समूहका नेता बारम्बार बैठकमा जुटेका छौँ”, चुनाव परिचालन समन्वय समितिका संयोजक भट्टराई भन्छन्, “पार्टी फुटेको कुनै कार्यकर्तालाई पनि मन परेको छैन, झापाको यो निर्वाचनले केन्द्रमा शक्ति र पदको दम्भले फुटेका नेतालाई क्षति व्यहोर्नु अघि नै पुनः एकता हुन सन्देश दिएको छ ।”

यसैबीच नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार प्रकाश शिवाकोटीको नेतृत्वमा उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सङ्घको चुनावमा नेकपा–राप्रपा गठबन्धन र कांग्रेस समर्थित उम्मेद्वारको प्यानलबीच सोझो टक्कर छ ।

शिवाकोटीको नेतृत्वमा रहेका प्यानलको उम्मेद्वारी घोषणा कार्यक्रममा कांग्रेस झापाका सभापति उद्धव थापालगायतका नेता उपस्थित थिए । विर्तामोड उद्योग वाणिज्य सङ्घको आसन्न चुनावमा चार हजार ५५० मतदाता रहेका छन् ।

Advertisement

यसअघिको निर्वाचनमा नेकपा एक्लैले कांग्रेस र राप्रपाको समीकरणसँग चुनावी प्रतिष्पर्धा गरेको थियो । उसबेला नेकपा समर्थित उम्मेदवार पराजित भएका थिए ।(रासस)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top