×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाँचौँ निर्वाचन दिवस : मतदातालाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान

७ फाल्गुन २०७७

७ फागुन, काठमाडौँ ।

‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले शुक्रबार पाँचौँ निर्वाचन दिवस मनाउँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

Advertisement
Advertisement

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेका छन्।

मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आप्mनो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ । प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढन योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गरेका छन् ।

उनले भनेका छन्, “स्थापनाकालदेखि नै संविधान प्रदत्त अधिकारअनुसार कुशलतापूर्वक निर्वाचनको व्यवस्थापन गर्दै आयोगले निष्पक्षता, व्यावसायिकता र विश्वसनीयताको पूर्ण प्रत्याभूतिसहित निर्वाचन सरोकारवालाको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरूत्तर दायित्व पूरा गर्न दृढ सङ्कल्पित छ ।”

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको दीर्घकालिन सोंचसहित हाँसिल गरेका उपलब्धि एवं प्रारम्भ गरेको निर्वाचन व्यवस्थापन तथा सञ्चालन सुधारको यात्रालाई अझ व्यवस्थित र परिस्कृत बनाउँदै निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आयोगले निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लगेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले निर्वाचन प्रक्रियाको प्रस्थान बिन्दु मतदाता नामावलीलाई त्रुटिरहित, गुणस्तरीय र अद्यावधिक बनाउने कार्य तथा निर्वाचनमा मतदाताको सहभागिता र सहज पहुँचका निम्ति मतदानस्थल एवं मतदान केन्द्र सुरक्षित, व्यवस्थित र पूर्वाधार सुविधायुक्त बनाउने गरी पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

निर्वाचन कार्यक्रम, आचारसंहिता तर्जुमा, खरीद योजना तयारी, सामग्री व्यवस्थापन खरीद प्रक्रिया आरम्भ, बजेट अनुमान र आर्थिक कार्यविधि तर्जुमा, निर्वाचन सुरक्षा योजना तयारी, मतदाता शिक्षा तथा तालीमसम्बन्धी स्रोत सामग्री, निर्वाचन अनुगमन तथा पर्यवेक्षणसम्बन्धी कार्यविधिको तर्जुमा, मतदानमा खटिने कर्मचारी अभिमुखीकरण तथा तालीम सामग्री व्यवस्था, अन्तर्राष्ट्रिय सहयोगलगायतका कार्य व्यवस्थित एवं योजनाबद्धरूपमा भइरहको जानकारी दिइएको छ ।

पहिलो पटक निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति स्वीकृत गरेको हुँदा त्यसबाट निर्वाचनमा विद्युतीय सञ्चार एवं सामाजिक सञ्जालको व्यापक उपयोग हुने आयोगले विश्वास व्यक्त गरेको छ ।

निर्वाचन साधन, शक्ति र सम्पत्तिबाट प्रभावित हुन हुँदैन, निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने दायित्व आँै ल्याउँदै आयोगले खर्चिलो र भड्किलो हुँदै गएको निर्वाचनलाई पद्धतिगत नियन्त्रण र नियमनद्वारा मितव्ययी, मूल्य र मान्यतामा आधारित बनाई अनपेक्षित आर्थिक क्रियाकलापबाट निर्वाचन प्रभावित गर्ने विषयलाई दण्डनीय बनाउनै पर्दछ भन्ने कुरामा कसैको विमति हुनु नहुने आयोगको तर्क रहेको छ ।

निर्वाचन व्यवस्थापन गर्ने निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता, निजी क्षेत्र, नागरिक समाजलगायत निर्वाचन सरोकारवालाको साझा सङ्कल्प र इमान्दार प्रयत्न आवश्यक रहेको जनाउँदै आयोगले एकीकृत निर्वाचन आचारसंहिता तयार गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

निर्वाचन आचारसंहिता नैतिक एवं कानूनी बन्धनका रूपमा रहने र सबै सरोकारवालाका निम्ति बाध्यकारी हुने भएकाले यसको पूर्ण परिपालनाका लागि सबै सरोकारवालासँग आयोगले आह्वान पनि गरेको छ ।

आसन्न निर्वाचनलाई आमसहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहने छ भन्नेमा आयोग विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

आगामी निर्वाचन पहिलो चरणमा वैशाख १७ गते प्रदेश नं २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका ४० जिल्ला र दोस्रो चरणमा बैशाख २७ गते प्रदेश नं १, वाग्मती प्रदेश तथा कर्णाली प्रदेशका ३७ जिल्लामा हुँदैछ । आगामी निर्वाचनका लागि करीब एक करोड ६३ लाख मतदाता अद्यावधिक भएको र २० हजार मतदान केन्द्र रहने जनाइएको छ । निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको कुरा स्पष्ट गर्दै पाँचौँ निर्वाचन दिवस २०७७ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण निकाय, सङ्घसंस्था तथा महानुभावप्रति आभार व्यक्त गरेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top