इन्सेकको प्रतिवेदन २०२० : १ सय ५२ जनामाथि बलात्कार प्रयास

७ फागुन, काठमाडाैँ ।
अनौपचारिक सेवा केन्द्र(इन्सेकले) सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ । शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’ विमोचन गर्दै अनौपचारिक सेवा केन्द्र(इन्सेक)ले सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो ।

Advertisement

यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी जम्मा ६ सय ७५ जना घटना एका छन् । यस्तै ज्यादतीका घटनामा ४ हजार २ सय ७१ महिला, ५ सय ९५ जना पुरुष, एक तेस्रो लिङ्गी र एक जना नखुलेकोसहित जम्मा ४ हजार ८ सय ६८ जना पीडित भएको अभिलेख भएको इन्सेकले बताएको छ ।

राज्यपक्षबाट सात जनाको हत्या भएको तथा यातनाका घटनामा नौ जना, गिरफ्तारीका घटनामा ३ सय ७० जना, जातिय विभेदका घटनामा ४८ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ९४ जना, धम्कीका घटनामा २५ जना र कुटपिटका घटनामा ३ सय २० जना पीडित भएका छन् । सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ६ सय ४२ जना पीडित भएका थिए । वर्ष २०२० मा कोभिड महामारीका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सबै घटनाहरू कानूनी प्रक्रियासम्म नआइपुगेको साथै घटनाहरूको अनुगमन गर्ने कार्यमा बाधा पुगेको कारणले गर्दा घटनाहरूको सङ्ख्यामा कमी देखिएको इन्सेकले बताएको छ ।

Advertisement

सन् २०२० मा महिलाविरुद्ध हुने सबै प्रकारका दुव्र्यवहार घटनामा २ हजार ६ सय ६ जना पीडित भएका छन् । यस वर्ष बेचबिखनका प्रयासका घटनामा ३२ जना, घरेलु हिंसाका घटनामा १ हजार ३ सय ४६ जना, कथित बोक्सीको आरोपमा ५८ जना, बलात्कारका घटनामा ६ सय ४८ जना, बलात्कार प्रयासका घटनामा १ सय ५२ जना, यौन दुव्र्यवहारको घटनामा ६२ जना र बेचबिखनका घटनामा २५ जना महिला पीडित भएको तथ्यांक रहेको छ । परिवारजनबाट १ सय २ जना महिलाको हत्या भएको छ भने भनेजति दाइजो नल्याएको आरोपमा तीन जना महिलाको हत्या भएको छ र १२ जना महिला हिंसामा परेका छन् ।

Advertisement

सन् २०२० मा बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय ६१ जना पीडित भएका छन् । जसमध्ये बलात्कारका घटनामा ९ सय ८९, यौन दुव्र्यवहारको घटनामा ३ सय ५६, विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा १९ जना बालबालिका पीडित भएको पाइएको छ । देशभरका कारागारको क्षमता ११ हजारको हाराहारीमा भए पनि २३ हजारभन्दा बढी कैदीबन्दी रहेको देखिएको छ । क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिएको इन्सेकले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top