अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छः विदेशमन्त्री ब्लिङ्कन

७ फागुन ७७, शनिबार

८ फागुन, बीबीसी ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताउँदै महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको बताएका छन्।

आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ताको रूपमा बीबीसीसँग कुरा गर्दै ब्लिङ्कनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिए।

उनले कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेका छन्। यसलाई डोनल्ड ट्रम्पको अमेरिका पहिलो नीतिमा व्यापक हेरफेर हुने सङ्केतका रूपमा हेरिएको छ।

Advertisement

विश्वका धनी औद्योगिक राष्ट्रहरूको समूह जी७ का नेताहरू एउटा भर्चुअल सत्रका लागि जुटिरहेका बेला ब्लिङ्कनको यो धारणा आएको छ।

खोपका बिषयमा ब्लिङ्कनले के भने ?

एक वर्षभित्र विश्वका १९० देशका मानिसहरूलाई दुई अर्ब मात्रा खोप दिने उद्देश्य राखेको कोभ्याक्स खोप कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब डलर सहयोग गर्दैछ।

जबसम्म विश्वका सबैले खोप लगाउँदैनन्, त्यसबेलासम्म वास्तवमा कोही सुरक्षित हुँदैनन्। किनकी भाइरस रहिरह्यो भने त्यो फैलिरहन्छ र उत्परिवर्तन समेत हुन्छ, ब्लिङ्कनले भने। उत्परिवर्तन भएर भाइरस फर्कनेछ र सबैतिर मानिसलाई सङ्क्रमित पारिरहनेछ।

अहिलेसम्म अमेरिकाले २ करोड ७० लाखभन्दा धेरै सङ्ख्यामा आफ्नै जनसङ्ख्यामा खोप लगाएको छ। तर कैयौँ गरिब देशहरूमा खोप कार्यक्रम अझै सुरु हुन सकेको छैन।

ब्लिङ्कनले कोरोनाभाइरसको उत्पत्तिका वियमा प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको समेत आरोप लगाए। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसन्धानकर्ताहरूको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार साता बिताएको थियो।

तर त्यसपछि डब्ल्यूएचओको उक्त टोलीका दुईजना विज्ञहरूले उनीहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको बताएका थिए।

विदेशमन्त्री ब्लिङ्कनले महामारीहरू पूर्ण स्वरूपमा देखिनुअघि नै पहिचान गर्नका लागि अझ बलियो स्वास्थ्य सुरक्षा प्रणालीको आवश्यकता औँल्याएका छन्। जसका लागि देशहरू पारदर्शी हुनुपर्छ। उनीहरूले सूचना बाँड्नुपर्छ।

उनीहरूले प्रकोपको सुरुमै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्छ– जुन कुरा दुर्भाग्यवस हामीले चीनबाट देखेनौँ, उनको भनाइ थियो।

ब्लिङ्कनले थप के भने ?
– इरानका विषयमा ब्लिङ्कनले अमेरिका र उसका युरोपेली साझेदारहरू फेरि उही अवस्थामा रहेको बताएका छन्।

– अफ्गानिस्तानमा अमेरिकी फौज राखिराख्ने विषयमा अमेरिकाले अहिले आफ्नो नीति समीक्षा गरिरहेको बताए।

– बन्धक बनाइएकी दुबईका शासककी छोरीराजकुमारी लतिफा अल मुक्तमको अवस्थाबारे सोधिएको प्रश्नमा उनले त्यसलाई अमेरिकाले नजिकाबाट हेरिरहेको बताए।

– म्यानमारको सैन्य कूलाई उनले एउटा ऐतिहासिक प्रजातान्त्रिक सङ्क्रमणमा दुःखलाग्दो पश्चगमन भनेका छन्।

– चीनको सूचना जगतलाई विश्वको कम खुलापन रहेकोमध्ये एक भन्दै उनले बीबीसी वर्ल्ड न्यूज र बीबीसी विश्व सेवा रेडियोलाई प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन्।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top