प्रचण्ड–नेपाल समूह छोडेर शेरबहादुर तामाङ र उषाकला राई ओली समूहमा

८ फागुन ७७, शनिबार

८ फागुन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहमा खुलेका छन्।

Advertisement

संसद विघटनपछि एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड–नेपालमा लागेका तामाङ फेरि ओली समूहमा फर्किएका हुन्।

प्रचण्ड–माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भन्नि,’प्रचण्ड–माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’

Advertisement

गत प्रतिनिधिसधाको चुनावमा तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए। उनी ओली नेतृत्वको सरकारको कानुनमन्त्री समेत भएका थिए।

तर, बंगलादेशमा एमबीबीएस पढ्न जाने छात्राहरुका बारेमा भ्रमपूर्ण अभिव्यक्ति दिएपछि उनले २०७५ साउन ८ गते पदबाट राजीनामा दिनुपरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top