विराटनगर पुगेका प्रधानमन्त्रीलाई विद्यार्थीले देखाए कालो झण्डा

८ फागुन ७७, शनिबार

८ फागुन, विराटनगर ।
विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव समूहका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

Advertisement

विद्यार्थी र कार्यकर्ताहरूले विराटनगर विमानस्थलबाट कार्यक्रम स्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन्।

कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजी गरेका छन्। विद्यार्थीहरुले ओलीविरुद्ध चर्का नाराबाजी गर्दै ‘प्रतिगमन मुर्दावाद, केपी ओली मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ लगायतका नारावाजी गरेका थिए ।

Advertisement

ओली समूहले मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर, इलाम र उदयपुरबाट बढी मानिस उतारेको छ।

आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतले पनि सम्बोधन गर्दैछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top