×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

मौज्दात सकिने डरले खुद्रा चिनी बेच्दै साल्ट ट्रेडिङ

९ फाल्गुन २०७७

काठमाडौं: मौज्दात सकिने डरले साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा रूपमा किन्नेलाई मात्रै चिनी बेचिरहेको छ । साल्ट ट्रेडिङसँग भएको चिनीको सबै मौज्दात रित्तिने क्रममा रहेको र थप चिनी खरीदका लागि सरकारले अनुमति दिन ढिलाइ गरिरहेकाले मौज्दात शून्यमा झर्न नदिन साल्टले यस्तो गर्नु परेको बताइएको छ ।

साल्टसँग यतिबेला करीब ५ सय मेट्रिक टन मात्रै चिनी मौज्दात रहेको छ । ‘यो चिनी पनि नबेचेर मात्र बचेको हो बेचेको भए आजसम्म सकिसकेको हुन्थ्यो,’ साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले आर्थिक अभियान दैनिकसँग भने । डिलरहरूले माग गरेअनुसार विक्री गर्ने हो भने यो मौज्दातले १ दिनलाई पनि नपुग्ने उनको भनाइ छ । यस्तो समस्या यस बर्षको मात्र नभएर वर्षौं देखिको समस्या भएको पनि उनले बताए ।

Advertisement
Advertisement

ठूला व्यापारी र निजी कम्पनीहरूले साल्टलाई स्वदेशी चिनी दिन नचाहने भएकाले पनि साल्टले क्रशिङको समयमा चिनीको अभाव भोग्नु परेको बताइएको छ । यति बेला उखु क्रशिङको समय हो । क्रशिङको सिजनमा पनि सरकारी कम्पीनसँग चिनी नहुनुले मूल्य वृद्धि गर्न र बजारमा चलखेल गर्न व्यापारीहरूलाई सजिलो भइरहेको सरोकारवालाहरूको भनाइ छ ।

साल्टले दशैंअघि नै ३० हजार मेट्रिक टन चिनी किन्न अनुमति माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, साल्टले हालसम्म पनि चिनी किन्ने अनुमति पाउन सकेको छैन । यसको प्रत्यक्ष लाभ व्यापारीहरूले उठाइरहेको साल्टको भनाइ छ ।

व्यापारीहरूले यति बेला प्रतिकिलो चिनीको खुद्रा मूल्य ८५ देखि ९० रुपैयाँसम्म लिने गरेका छन् । ‘खुद्रा मूल्य त प्रतिकिलो ८५ रुपैयाँ नै हो तर सानातिना व्यापारीहरूले ९० रुपैयाँ सम्मले पनि बेच्ने गरेका छन्,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने । उनका अनुसार अहिले क्रशिङको सिजन भएकाले मूल्य केही घट्नुपर्ने हो । मूल्य नघट्नुको कारण सरकारी कम्पनीसँग चिनी नहुनु पनि भएको उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top