पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले भने – शिरमा देश र मनमा मधेस राखेर काम गर्नेछु

९ फागुन, जनकपुरधाम ।

प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झाले आज पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहणपछि पत्रकारहरूसँगकाे कुराकानीमा प्रदेश प्रमुख झाले शिरमा देश र मनमा मधेसलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखी कामकाज गर्ने बताए ।

उनले प्रदेश नंं २ का हरेक नागरिकलाई साझा, शान्त र समृद्ध सहित समाज निर्माणमा आफूले भूमिका खेल्ने बताउँदै प्रत्येक नागरिकलाई साझा र अपनत्व सहितको प्रदेश निर्माणमा अग्रसर रहने बताए ।

प्रदेश प्रमुख झाले देशसहित अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापना, सबलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको आवश्यकता रहेको कुरामा जोड दिए ।

उनले देश भक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं २ को सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्दै विविधतालाई अवसरको रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम राख्दै प्रदेशलाई उदाहरणीय बनाउनका लागि प्रयास गर्ने बताए ।

यस अघि जनकपुर विमानस्थलमा आइपुग्दा प्रदेश सरकारका तर्फबाट प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुसवाहाले स्वागत गरेका थिए । उक्त अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका उच्च अधिकारीहरूले प्रदेश प्रमुखलाई स्वागत गरेका थिए ।

कार्यक्रममा नागरिक समाजको तर्फबाट जनकपुरधामका युवाहरूले १ सय १ किलोको माला लगाएर प्रदेश प्रमुखलाई स्वागत गरेका थिए । उनी जनकपुरधाम आएपछि जनकपुरधामको जानकी मन्दिरको माटो टाउकोमा लगाएका थिए ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top