चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा

९ फागुन ७७, सोमबार

काठमाडौँ: राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन् । खुसीको खबर बुबासम्म पनि पुग्छ । नर्सका बुबा पनि आश्चार्य मान्दै भन्छन्, कसरी यस्तो अवसर मिल्यो ?

अब चिट्ठाबापतको करोड रकम छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ । ह्वाट्सएपबाट सम्पर्कमा आएको अज्ञात व्यक्ति चिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क (कर) तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ र रकम पठाइन्छ । छ घण्टामा उहाँँहरूले सात लाख रुपियाँ पठाउनुभयो ।

“एक लाख कर तिर्दा करोड आउने प्रलोभनमा’ उहाँहरूले बिहीबार सुवास रुम्बा, अमितकुमार, प्रिती तुम्बापो, भोला महतो र प्रदीपकुमारसहित पाँच जनाको नाममा बिहान ११ देखि ४ बजेसम्मको अवधिमा साढे सात लाख रकम आईएमई–पेबाट पठाउनुभयो ।

यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप केबीसी नामको आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन । खातामा पठाइदिन्छु भनेको चिट्ठा रकम नआएपछि मात्र आफूहरू अनलाइन ठगीमा परेको बल्ल नर्सलाई थाहा हुन्छ । अनलाइन ठगीसम्बन्धी उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखामा पुग्नुभएकी ती नर्स आफूजस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको बताउनुहुन्छ । यस्तै प्रकृतिको अनलाइन ठगीबाट पीडित अर्की महिलाले पनि पाँच लाख गुमाएको दुःखेसो गर्नुभयो ।

सुन्धारामा रेडिमेट पसल सञ्चालन गर्दै आएकी ती महिलाले पनि अनलाइन चिट्ठाको लोभमा एकै दिन पाँच लाख गुमाएको पीडा सुनाउनुभयो । अनलाइन ठगीका कारण २५ हजारभन्दा माथि १० लाखसम्म गुमाएको उजुरी बोकेर महाशाखा पुग्ने पीडितको लर्को नै लाग्ने गरेको छ ।, यो खबर आजको गोरखापत्र दैनिकम छापिएको छ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top