साउदीका महिलाहरू पनि अब सेनामा भर्ती हुन पाउने

१० फागुन, एजेन्सी । साउदी अरबका महिलाहरू पनि अब सेनामा भर्ती हुन पाउने भएका छन्।

Advertisement

साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने बताएको छ।

साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने छन्।

Advertisement

साउदी महिलाहरू सिपाहीदेखि सर्जेन्टसम्म पदमा भर्ती हुन सक्ने छन्।

साउदी युवराज मोहम्मद बिन सलमानको भिजन २०३० इनिसियटिभ अन्तर्गत महिलाहरूलाई सेनामा भर्ती गर्न खुला गरिएको हो।

Advertisement

सेनामा भर्ती हुन महिलाहरू २१ देखि ४० वर्षका हुनु पर्छ। १५५ सेन्टिमिटर उचाइ भएका र कुनै सरकारी जागिर नखाएका महिला भर्ती हुन योग्य हुनेछन्।

भर्ती हुन हाइस्कुल उत्तीर्ण गरेको र विदेशीसँग विवाह नगरेको पनि हुनु पर्नेछ।

यसअघि सन् २०१८ मा साउदी महिलालाई गाडी चलाउन अनुमति दिइएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top