×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

नेपाल ट्रष्टले कमलादीस्थित २ रोपनी ४ आना जग्गा ३० वर्षका लागि भाडामा लगाउने

११ फाल्गुन २०७७

११ फागुन, काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित २ रोपनी ४ आना २ पैसा जग्गा ३० वर्षका लागि भाडामा लगाउने भएको छ ।

न्युनतम १ अर्ब १७ करोड कबोल गनुपर्ने गरी सोमबार ट्रष्टले आशयपत्र आह्वान गरेको छ ।

Advertisement
Advertisement

काठमाडौं प्लाजासँगैको सो जग्गामा ब्यापार कम्प्लेक्स बनाउन दिने गरी ट्रष्टले बोलपत्र आह्वान गरेको हो । सो कम्प्लेक्स ३० वर्षपछि ट्रष्टको स्वामित्वमा आउने सहसचिव भीष्मराज भुसालले बताए ।

सम्झौता भएको मितिदेखि निर्माण अवधि ३ वर्ष समेत गरी जम्मा ३० वर्ष लिज अवधि कायम हुनेछ र सो अवधि समाप्त भएपछि निर्मित भवन लगायत सम्पूर्ण भौतिक संरचनाहरु तथा जडित सामग्रीहरु स्वतः नेपाल ट्रष्ट कार्यालयको स्वामित्वमा सर्नेछ ।

प्रस्तावदाताले लिज प्रस्ताव सम्बन्धी कागजात खरिद गर्दा लिखित निवेदनको साथै कम्पनी वा संस्था दर्ता प्रमाणपत्र (नवीकरण गर्नुपर्ने भए सो समेत गरेको), मूल्य अभिवृद्धि कर र स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, आव २०७६र७७ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपीहरु नोटरी पब्लिकबाट प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

प्रस्तावपत्रमा उल्लेख भए बमोजिमका सम्पूर्ण कागजातहरु समावेश गरी आफ्नै खर्चबाट आर्थिक र प्राविधिक प्रस्ताव तयार लगरी छुट्टाछुट्टै खाममा सिलवन्दी गरी पुनः एउटै खाममा राखी सिलवन्दी गरी प्रस्तुत गर्नुपन सूचनामा उल्लेख छ ।

सो जग्गामा बन्ने भवनको अवधारणात्मक डिजाइन, नक्शा र प्रारम्भिक लागत अनुमान सहितको प्रस्ताव पेश गर्नु पर्नेछ ।

लिज दिने जग्गा, सोमा जडान हुने भौतिक सामग्री, स्थायी सेवा सुविधा र निर्मित भवन तथा संरचनाहरुको प्रचलित कानून बमोजिम लाग्ने कर महसुल आदि लीज अवधिभर लिज प्राप्तकर्ताले तिर्नु पर्नेछ र जग्गा तथा निर्मित भौतिक संरचनाको सुरक्षा एवं संरक्षणको दायित्व समेत प्रस्तावदाताले लिई रहनु पर्ने सूचनामा उल्लेख छ ।

गुणस्तरयुक्त निर्माण सामग्री र प्रविधिको प्रयोग गरी भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता अनुकूल सुरक्षित र आपत्कालीन सुरक्षाको उचित प्रवन्ध सहितको आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्नुपर्ने ट्रस्टले बताएको छ ।

प्रस्ताव स्वीकृत गर्ने आशय पत्र प्रदान गरेको १२० दिनभित्र भवन तथा आवश्यक सम्पूर्ण अन्य संरचनाको विस्तृत इन्जिनियरिङ्ग डिजाइन तथा लागत अनुमान प्रस्तावकले आफ्नै खर्चमा बनाई सम्झौता गर्नु अगावै पेश गर्नुपर्नेछ ।

पेश भएको डिजाइन, लगानी रकम र ट्रष्टले प्राप्त गर्ने प्रतिफल तुलनात्मक रुपमा उपयुक्त छ भन्ने ट्रष्टलाई नलागेमा नेपाल ट्रृष्ट कार्यालयले प्राप्त प्रस्ताव रद्द गर्न सक्नेछ ।

ट्रष्टबाट लिखित रुपमा अन्यथा निर्देशन भएमा बाहेक सुरु प्रस्तावमा पेश गरेको अवधारणा डिजाइन अनुरुप नै विस्तृत इन्जिनियरिङ्ग डिजाइन तयार गर्नुपर्नेछ ।

सो जग्गामा व्यापारिक भवन निर्माण गर्न भवन निर्माण मापदण्ड अनुसारको नक्सा तयार गर्दा सकेसम्म बढी तला र क्षेत्रफल चर्चिने गरी जग्गाको अधिकतम उपयोग गर्नु पर्नेछ ।

Advertisement

प्रस्तावदाताले लिज प्रस्ताव सम्बन्धी कागजात खरिद गरेको बढीमा अन्य कुनै २ वटासम्म कम्पनीसँग संयुक्त पनि प्रस्ताव दिन सक्नेछ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top