२४ घण्टामा थपिए ११० संक्रमित, १०२ जना डिस्चार्ज

११ फागुन, विराटनगर । नेपालमा आज ११० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १०२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०६५ नै रहेको छ ।

देशभर आज सक्रिय संक्रमित १ हजार ५ सय ३३ छ भने क्वारेन्टिनमा जम्मा ६५ जना मात्र छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top