नेपाली घिउ जापानमा लोकप्रिय, दश महिनामा ५१ हजार लिटर निर्यात

१० फागुन ७७, मंगलबार

११ फागुन, बाग्मती ।

सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घिउ जापानमा निर्यात हुन थालेपछि माग बढेको छ ।

आयोजनाका प्रमुख नरेश जोशी अनुसार गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर घिउ निर्यात भएको थियो । उहाँले जापानमा नेपाली घिउको माग बढ्दै गएको र एक पटकमा सात/आठ हजार लिटर घिउ निर्यात हुने गरेको छ । अहिलेसम्म सात पटक घिउ निर्यात भइसकेको छ । आयोजनाले दैनिक ५०० लिटर घिउ उत्पादन हुने गर्छ ।

Advertisement

हेटौँडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमिनमा विसं २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो । आयोजनाबाट दैनिक २५ हजार लिटर दुग्ध मकवानपुर, बारा, पर्सा , सर्लाही र रौतहट जिल्लामा सङ्कलन भइरहेको छ ।

तीमध्ये प्रशोधित ६ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले दैनिक ६ हजार कृषक घरपरिवारबाट दूध खरिद गरी उनीहरुलाई मासिक रु तीन करोडदेखि रु पाँच करोडसम्म भुक्तानी गर्दै आएको छ ।

Advertisement

बेमौसममा रु तीन करोड र अन्य मौसममा रु पाँच करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।

उत्पादित उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमश : चन्द्रनिगाहपुर, गरुडा ,नवलपुर , बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा छ ।

मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाबाटसमेत दुग्ध सङ्कलन हुने गरेको आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले भने,“आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी बढी भएको दूध बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको छ ।”

आयोजनाको ६० हजार लिटर दूध भण्डारण क्षमता छ । दही तीन हजार लिटर, घ्यू, मख्खन ,पनीर उत्पादन क्षमताप्रति दिन ५०० केजी , फेसमिल्क ,एक हजार ५०० बोतल प्रति सिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको उनले जानकारी दिए।

बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७ बिक्री बुथमार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top