अलिकति लाज, घिन र नैतिकता भए ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

११ फागुन, चितवन ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अलिकति लाज, घिन र नैतिकता भए तत्काल राजीनामा दिन ओलीलाई सुझाएका हुन् । ‘केपीजी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस्’, प्रचण्डले भने

Advertisement

उनले सर्वोच्चको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयले नेपाली जनताको विजयी भएको बताए । उनले यो विजयका लागि नेपाली बौद्धिक, न्यायाधिक समुदायसँगै संविधानविद र कानुनविदलाई धन्यवाद दिए।

त्यस्तै प्रचण्ड-नेपाल समुहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई भ्रमबाट मुक्त भएर आँखा खोल्न सुझाव दिए। प्रतिनिधिसभा विघटन गलत भएको कुरा सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भएपछि उनले ओलीलाई अब भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन् ।

Advertisement

अब देश उज्यालोमा फर्किएको र सत्यको जित भएको उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top