Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपतिको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी राखियो (तस्बिरसहित)

राष्ट्रपतिको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी राखियो (तस्बिरसहित)

१२ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताएका छन् ।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाई छ । १ सय ८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए ।

यस कार्यका निम्ति ८० करोड रुपैँया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताए ।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उनले बताए । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन् । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ सदस्य सचिव डा. ढकालले शिवरात्रिमा यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने बताए ।

दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनको भनाई छ । पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागु औषध बर्जित गरेको पनि बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.