Nepal Times
Nepal Times
3
Shares

भाइरलहुडले सुरु गर्यो कार्यशाला

भाइरलहुडले सुरु गर्यो कार्यशाला

१४ फागुन, विराटनगर । भाइरलहुड डान्स स्टुडियोको आयोजनामा विराटनगरमा दुईदिने नृत्य कार्यशाला सुरु भएको छ ।

मारवाडी सेवा सदनमा शुक्रबारदेखि सुरु भएको कार्यशालामा करिब १ सय जना प्रशिक्षार्थी सहभागी भएका छन् । शनिबारसम्म सञ्चालन हुने कार्यशालामा इन्डिया बेस्ट डान्सर २०२० का विजेता टाइगर पप, स्याण्डी, ऋषी सूफीले प्रशिक्षण दिने स्टुडियोका संस्थापक साहिल खानले बताए । भारतको दिल्लीबाटै आएका स्याण्डीले एलेक्ट्रो डान्स फम र ऋषी सूफीले हिपहप डान्स सिकाउने उनले बताए ।

कार्यशालामा सहभागिताका लागि पन्ध्रसय रुपैयाँ शुल्क लिइएको छ । कार्यशालाको दोस्रो दिन शनिबार डान्स ब्याटल अर्थात नृत्य प्रतियोगिता हुने कार्यक्रम व्यवस्थापन सदस्य प्रियंका बस्नेतले बताइन । सहभागीहरुबीचमा हुने ब्याटल विजेतालाई १५ हजार रुपैयाँ र रनरअपलाई ५ हजार रुपैयाँ प्रदान गरिने समेत उनले जानकारी दिइन । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको नृत्य प्रशिक्षण र अभ्यासलाई पुर्नताजगी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको व्यवस्थापक बिक्की घिमिरेले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.