काठमाडौँ, जेठ २७
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गरेका छन्।
बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गरेकेा लगानी बोर्डको कार्यालयले आज जनाएको छ ।
रासस