NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

‘आई एम् वेल’ भन्दै मंगल ग्रह पुगेको हेलिकोप्टरले पठायो सन्देश

शनिबार फाल्गुन १५ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
‘आई एम् वेल’ भन्दै मंगल ग्रह पुगेको हेलिकोप्टरले पठायो सन्देश
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ फागुन, एजेन्सी ।
नासाको क्यालिफाेर्नियास्थित ‘जेट प्रपोल्सन लेबोरेट्री’ (जेपीएल) लाई मंगल ग्रहबाट एउटा सन्देश आइपुगेको छ।

यो सन्देश पठाउने काम नासाले मंगल अभियानमा पठाएको हेलिकाेप्टर ‘इनजेन्युनिटी’ (Ingenuity) ले मंगल ग्रह पुगेर गरेको हो। यो हेलिकाेप्टर अहिले मंगल ग्रहको उपलब्ध ३० वटा नक्शा श्रृंखला ‘Syrtis Major quadrangle’ अनुसार 18.38°N 77.58° मा स्थित ‘जेजेरो क्रेटर’मा रहेको छ।

अमेरिकाको ‘यूनाइटेड स्टेट्स जियोलाजिकल सर्वे (USGS) एस्ट्रोजोलोजी रिसर्च प्रोग्राम’सँग मंगल ग्रहको longitudes 270° to 315° west and latitudes 0° to 30° north को मानचित्र उपलब्ध रहेको छ।

Advertisement

‘जेजेरो’को अर्थ बोस्नियन भाषामा ताल (lake) हुन्छ । बोस्निया एण्ड हर्ज़ेगोविनामा जेजेरो नामको एउटा सानो शहर नै छ। वैज्ञानिकहरुको विश्वास छ मंगल ग्रहको यस स्थानमा कुनै बेला नदी हुने गर्थ्यो। पछि नदी सुकेर ताल बन्यो र ताल पनि सुकेर मंगलको यो क्षेत्र डेल्टा बन्न पुग्यो।

मंगलको यस ठाउँको नाम बोस्नियान भाषामा तालका लागि प्रयुक्त गरिने शब्द ‘जेजेरो’ नै छनौट भएर मंगलको यस स्थानको नाम ‘जेजेरो क्रेटर’ राखिएको हो। यस ‘जेजेरो क्रेटर’को व्यास ४९ किमी रहेको छ। नासाले सन २०२० को आफ्नो मंगल अभियानको अवतरण स्थल २०१८ मै निर्धारित गरेको थियो।

यस पटक नासाले आफ्नो अत्याधुनिक ‘रोवर परसिवरेंस’लाई मंगल ग्रहको जेजेरो क्रेटरमै ‘ल्याण्ड’ गराउने योजना बनाएको थियो। नासाले योजना मुताबिक ३० जुलाई २०२० मा रोवरलाई मंगलतिर प्रक्षेपित गर्यो र यो रोवर झण्डै २०० दिनको यात्रा गरेर १८ फेब्रुअरी २०२१ मा जेजेरो क्रेटर पुग्न सफल भयो।

हेलिकाेप्टर ‘इनजेन्युनिटी’ले ‘जेट प्रपोलसन लेबोरेट्री’लाई आफ्नो स्वास्थ्य विषयक खबर पठाउँदै आगामी मिसन अर्थात उडानका लागि तयार रहेको सन्देश पठाएको छ। केही दिनभित्र नै ‘इनजेन्युनिटी’ले उडान भरेर कीर्तिमान कायम गर्छ।

‘इनजेन्युनिटी’को उडान सफल रहेको खण्डमा पृथ्वी बाहेक अन्य कुनै खगोलीय पिण्डको धरातलमा यस किसिमको पहिलो घटना हुनेछ।

आजसम्म पृथ्वी बाहेक अन्य कुनै ठाउँमा हेलिकोप्टर उडाउने प्रयास भएका छैनन्। ६ पटक मानिस नै पुगिसकेको चन्द्रमामा पनि हेलिकोप्टर उडाउने प्रयास गरिएको छैन।

‘इनजेन्युनिटी’ ले सन्देशमा आफू र ‘रोवर परसिवरेंस’मा रहेको आफ्नो बेस स्टेशन योजना मुताबिक काम गरिरहेको जनाएको छ। यो हेलिकोप्टर रोवरसँग ३० दिनसम्म ‘अटैच’ रहने छ।

‘रोवर परसिवरेंस’मा एउटा इलेक्ट्रिकल बाकस रहेको छ, यस बाकसले हेलिकोप्टर ‘इनजेन्युनिटी’ र ‘जेट प्रपोल्सन लेबोरेट्री’का बीच भएका संचार संवादलाई सुरक्षित राख्नुका साथै हेलीकोप्टरको उडान ‘रूट’ एवं ‘ल्यान्डिंग’ सुनिश्चित गर्छ।

क्यालिफाेर्नियाबाट मिसन कन्ट्रोलले २० करोड किमी टाढा रहेको यस हेलिकोप्टरलाई मंगल ग्रहको अति चिसो तापमानले जोगाउने प्रयास गर्छ। मंगल ग्रहमा दिउँसोको तापमान २० डिग्री सेन्टीग्रेड हुन्छ तर यहाँका रात भने अति चिसा माइनस ८७ डिग्री सेन्टीग्रेड सम्मका हुन्छन्।

र, फेरि मंगल ग्रहमा प्रथ्वी जस्तै २४.६२२ घंटाको (पृथ्वीमा भने एक दिन २३ घण्टा ५६ मिनेट ) एक दिन हुन्छ। १२ घण्टामै रात आईहाल्छ। ‘जेट प्रपोल्सन लेबोरेट्री’का वैज्ञानिकले चिसो बढना साथ हेलीकोप्टरमा रहेको हीटर अन गर्नुपर्ने हुन्छ।

हीटर संचालित हुन हेलिकोप्टरमा बैटरी जडान गरिएका छन्। बैटरीलाई पनि चार्ज गरी राख्नु पर्छ। हेलिकोप्टरलाई अहिले विधुत आपूर्ति ‘रोवर परसिवरेंस’ बाट भइरहेको छ। तर एकपटक हेलिकोप्टर आफ्नो उडानमा रोवरमा भएको बेस स्टेशनबाट बाहिरिए पछि भने यसले आफ्नो ऊर्जापूर्ति सूर्यबाट गर्छ ।

यसका लागि यसमा सोलर पैनल जडित रहेका छन्। उडान पछि यो ‘ल्याण्ड’ गरी पुनः बेस स्टेशनमा आराम गर्न आउँछ। नासाको यस पटकको ‘रोवर परसिवरेंस’ भने ‘न्यूक्लियर पावर’ले संचालित हुने मेसिन हो।

भनौ पहिलो पटक नै पृथ्वी बाहेक अन्य कुनै ठाउँमा आणविक शक्तिको पनि प्रयोग भइरहेको छ यस अमेरिकी मंगल अभियानमा।

‘जेट प्रपोल्सन लेबोरेट्री’को योजनामा हेलिकोप्टर उडाउने योजना मंगल ग्रहका ३० दिन पछि अर्थात ३० ‘सोल डे’ (sol day or Martian day ) पछि रहेको छ।

मंगलको एक दिन पृथ्वीभन्दा केही मिनेट लामो अर्थात २४ घण्टा, ३९ मिनेट, ३५.२४४ सेकण्ड्स (पृथ्वीभन्दा झण्डै ४३ मिनेट लामो ) को हुन्छ।

मंगलमा ३० दिनसम्म ‘इनजेन्युनिटी’ हेलीकोप्टर बेस स्टेशन अर्थात ‘रोवर परसिवरेंस’ मा रहेको इलेक्ट्रिकल बाकसमा रही पहिलो उडानको तैयारी गर्छ। ‘जेट प्रपोल्सन लेबोरेट्री’को मान्यताअनुसार यदि यस हेलिकोप्टरले ‘टेक अफ’ गरी केही मिनेट मंगलको आकाश मा उड्न सक्याे भने उनीहरुले यसलाई ९० प्रतिशत सफल भएको ठान्छन्।

र, यदि हेलिकोप्टरले ‘टेक अफ’ गरी उडेर केही मिनेट मंगलको आकाशमा बिताएर सफलतापूर्वक बेस स्टेशनमा ‘ल्याण्ड’ गर्न सक्यो भने यसका अन्य ४ वटा उडान पनि संचालित गरिने छन्।

यस हेलिकोप्टरमा अनेको क्यामेराका साथ ध्वनि रेकर्ड गर्न माइक्रोफोनका साथै अन्य वैज्ञानिक उपकरण पनि जडान गरिएका छन्। भनौ ‘जेट प्रपोल्सन लेबोरेट्री’का वैज्ञानिकहरुसँग यस हेलिकोप्टरले दोहाेरो संवाद पनि गर्न सक्छ।

पृथ्वीका वैज्ञानिकले पहिलो पटक पृथ्वी बाहेक अन्य कुनै ठाउँमा हेलिकोप्टर उडाउन गइरहेका छन् यसलाई लिएर वैज्ञानिकहरु अति उत्साहित एवं रोमांचित पनि भइरहेका छन्। थाहा छैन मंगल ग्रहको सतहभन्दा माथिको वायु मण्डलीय दवावमा (एयर प्रेसर ) हेलिकोप्टर उड़न सक्छ कि सक्दैन।

हुन त यस अमेरिकी मंगल अभियानभन्दा पहिला अमेरिकाले आफ्ना ४ वटा रोवर ‘सोजोर्नर’, ‘अपर्चूनिटी’, ‘स्पिरिट’, ‘क्यूरोसिटी’ मंगल ग्रहमा अवतरण गराइसकेको छ।

१९७६ मा पहिलो पटक अमेरिकी अभियानको वाइकिंग १ ले २० जुलाई १९७६ का दिन मंगल ग्रहमा पाइला टेकेको थियो। २० अगस्त १९७५ मा प्रक्षेपित गरिएको वाइकिंग १ लाई मंगल पुग्न त्यों बेला ११ महीनाको समय लागेको थियो।

यसको लगत्तै वाइकिंग २ ले ३ सेप्टेम्बर १९७६ मा मंगल अवतरण गरेको थियो। यसभन्दा पहिलाका तमाम असफल अमेरिकी प्रयास र यस पछिका तमाम सफल अमेरिकी अभियानका ४ वटा रोवर लगायत अनेको ‘मार्स ऑर्बिटर’ अमेरिकाले सफलता साथ मंगलको ‘आर्बिट’मा स्थापित गरेको छ।

अहिले त यो काम अमेरिका बाहेक छिमेकी भारत,चीन,युऐइ, यूरोपियन स्पेस एजेन्सी, र रूसले पनि गरिसकेका छन्। तर मंगलमा ‘ल्यान्डिंग’ गर्ने श्रेय आजका मितिसम्म अमेरिकालाई मात्रै छ।

पृथ्वीको चलन जस्तै ( सेटेलाइट सरह ) ‘मार्स आर्बिटर’ मंगल ग्रहको धरातलभन्दा ४०० किमी माथिको ( भनौ मंगल ग्रहको ‘लोअर स्पेस आर्बिट’मा ) ‘आर्बिट’मा स्थापित गरिएका हुन्छन्।

यसभन्दा तल स्थापित गरिँदा यिनलाई मंगलको गुरुत्वाकर्षणले तानी दिने खतरा हुन्छ। तान्न त यस उचाईमा रहेका ‘आर्बिटर’लाई पनि मंगलको गुरुत्वाकर्षणले तानेर तल लगिदिन्छ तर पृथ्वीस्थित नियन्त्रण कक्षले पुनः यिनलाई ४०० किमीको ‘आर्बिट’मा फर्काउँछन्।

‘आर्बिटर’ले यसै उचाईबाट मंगलको निरीक्षण गर्छन् र मंगलमा अवतरण गराइएको रोवरले २-३-५ सय मिटर वरिपरी घुमेर मंगल ग्रहको धरातलीय अवलोकन गर्दै तत सम्बन्धी जानकारी ‘जेट प्रपोल्सन लेबोरेट्री’ लाई पठाउँछन्। ‘आर्बिटर र ‘रोवर’ दुवैको काम गर्ने सिमाना हुन्छ।

यसैलाई मध्येनजर गरी ‘जेट प्रपोल्सन लेबोरेट्री’ले मंगल ग्रहमा हेलिकोप्टर उडाएर त्यहाँको अन्य जानकारी प्राप्त गर्ने उद्देश्य राखेर आफ्नो यस अभियानमा हेलिकोप्टर उडाउने योजना बनाएको हो।

यस ‘रोटरक्राफ्ट’ अर्थात ‘इनजेन्युनिटी’ हेलिकोप्टर ले मंगल धरातलबाट माथि उडेर विभिन्न अन्य ‘लोकेसन’का ‘हाई डेफिनेशन’ तस्बिर खिचेर पठाउँछ।

यस हेलिकोप्टरको तौल झण्डै २ किलोग्राम रहेको छ। यस हेलिकोप्टरसँग एकजना भारतीय विधार्थी वनिजा रुपाणीको नाम पनि जोडिएको छ। नासाले मंगल ग्रहमा हेलीकोप्टर उडाउने योजना सार्वजनिक गर्दै आफूले बनाएको हेलिकोप्टरको नाम राख्न एउटा प्रतियोगिता गराएको थियो।

संसारभरीबाट यसको नाम के राख्ने भन्ने प्रस्ताव आए। नासाले भारतीय छात्रा वनिजा रुपाणीले पठाएको नाम ‘इनजेन्युनिटी’ रोजेर हेलिकोप्टरको नामकरण संस्कार गरेको थियो।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.