×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

यसपालिको जाडोयाम सकियोः यसवर्ष वर्षा कम, सुख्खासँगै प्रदूषण बढ्यो

१६ फाल्गुन २०७७

१६ फागुन, काठमाडौँ । यसपालिको जाडोयाम आजदेखि बिदा हुँदैछ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।

‘जाडोमा पश्चिमी वायुको प्रभावले ल्याएको प्रणालीले वर्षा हुने गर्छ तर यसपालि पानी पार्ने गरी प्रणाली भित्रिन सकेन’ वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘पश्चिमी वायु नेपाल प्रवेश नगरेको पनि होइन, पाँच/छ पटकसम्म भित्रियो । तर पानी पार्ने शक्तिशाली प्रणाली भने भित्रिन सकेन । जसका कारण यो हिउँदमा औसतभन्दा निकै कम वर्षा भयो ।’

Advertisement
Advertisement

यसपालि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी र सुदूरपश्चिमी क्षेत्रका केही ठाउँमा दुई÷तीन पटकसम्म पानी परे पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेन । काठमाण्डौमा हिउँद महिनाभरि जम्मा एक पटक मात्रै पानी पर्यो ।

यही महिनाको सुरुवाततिर काठमाण्डौ उपत्यकाका केही ठाउँमा जमिन भिज्ने गरी पानी परेको थियो । अन्य केही क्षेत्रमा भने वर्षा हुन सकेन । यसअघि गएको पुस महिनामा फाट्टफुट्ट मात्रै पानी परेको थियो ।

‘सामान्यतया हिउँदयाममा काठमाण्डौमा १८ दशमलव सात मिलीमिटर पानी पर्नु पर्थ्यो’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘यसपालि मात्रै १ दशमलव ३ मिलीमिटर पानी परेको छ ।’

काठमाडौँ उपत्यकामा मात्रै होइन यसपालिको हिउँद महिनामा देशभर नै पर्याप्त पानी पर्न सकेन । यस्तै, यसपालि हिमपात पनि राम्रोसँग हुन पाएन । हिउँदयाम भरि जम्मा दुई पटक मात्रै हिमपात भएको मौसमविद् वरुण पौडेलले बताए ।

पर्याप्त वर्षा र हिमपात नहुँदा यसपालि हिउँदे कृषि बालीमा समेत नोक्सानी भएको छ । हिमाली क्षेत्रमा पाइने जडिबुटीको उत्पादनमा समेत कमी आएको छ ।

सुख्खासँगै प्रदूषण बढ्यो

वर्षा र हिमपात नहुँदा यसपालि देशका धेरै ठाउँमा सुख्खापन र प्रदूषण बढेको छ । सुख्खापनकै कारण यसपालिको हिउँदमा आगलागीका धेरै घटना भएका सरकारी तथ्याङ्क छ ।

पानी नपर्दा प्रदूषण पनि ह्वात्तै बढेको थियो । काठमाण्डौ उपत्यकामा दुई दिन त प्रदूषणका कारण आँखा पोल्ने समस्या नै देखिएको थियो भने केही बिरामीसमेत परेका थिए ।

धुलोधुवाँका कारण वायु प्रदूषण झन्झन् बढ्दै गएको छ । वायुमण्डलमा धुलोको कण जम्मा हुँदा यसपालिको हिउँदमा तुवाँलो लाग्ने क्रम भने बढेको छ । पोहोर परारको तुलनामा यसपालि लगातार जस्तो तुवाँलो लागेको मौसमविद् पौडेलले बताए ।

उनकाअनुसार पर्याप्त पानी नपर्दा यसपालि लगातारजसो बाक्लो हुस्सु र कुहिरो पनि लागिरह्यो । विशेषगरी यसबाट तराईका जिल्ला धेरै प्रभावित भए । बाक्लो हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा प्राय आन्तरिक उडान प्रभावित भइरह्यो ।

प्रि–मनसुन सुरु

जाडोयाम सकिएसँगै अब बिस्तारै प्रि–मनसुनका गतिविधि सुरु हने मौसमविद्ले बताएका छन् ।

बिहान बेलुका केही चिसो भए पनि अब हट्ने मौसमविद्ले बताएका छन् । अबदेखि बेलुकाको समयमा हावाहुरी चल्ने र मेघगर्जन हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

Advertisement

यसपालि जमिन धेरै सुख्खा भएकाले आउँदा दिनमा आगलागीका घटना अझै बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top