NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल आइतवार भदौ २२ , २०८२
सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

जुम्लाको मार्सी र सिमी जापान पुग्यो, क्यानडामा पनि २० टन पठाउने तयारी

आइतवार फाल्गुन १६ , २०७७
Reading Time: 1 min read
A A
जुम्लाको मार्सी र सिमी जापान पुग्यो, क्यानडामा पनि २० टन पठाउने तयारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ फागुन, जुम्ला । जुम्लाको मार्सी चामल र सिमी जापानमा किन्न पाइने भएको छ। जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले व्यवसायिक रुपमा कर्णालीका खाद्यान्न जापान पठाएका हुन्।

पहिलो पटक ठूलो परिमाणमा कर्णालीका खाद्यान्न जापान पुगेको उनी बताउँछन्। राजका अनुसार १ टन सिमीको दाल, १ टन दाना सिमी, १ टन मासको दाल र १० किलो स्याउको चाना जापानी बजारमा पुगेको हो।

कर्णालीका उत्पादनले विस्तारै अन्तर्राष्ट्रिय बजार पाउन थालेकोमा उनले खुशी व्यक्त गरे।

LS Auto

‘उपहार र कोसेलीको रूपमा पहिले पनि जापान पुगेको थियो होला तर व्यावसायिक हिसाबले पहिलो पटक हो,’ उनले भने, ‘यसले व्यवसायमा अझै उत्साह थपेको छ।’

राजधानी टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठले सो परिमाणका सामान माग गरेका हुन्। जुम्ला घर अग्र्यानिक्सबारे नेपाली सञ्चार माध्यममा आएका समाचार पढेर जापानबाट माग आएको राज बताउँछन्।

’संचार माध्यमबाट हाम्रोबारे थाहा पाएरै जापानबाट अर्डर आएको हो। त्यहाँ नेपाली सिमि प्याकिङ र ब्राण्डिङ गरेर बिक्री हुनेछ,’ उनले भने।

शाहीले क्यानडामा पनि २० टन जुम्ली उत्पादन पठाउने तयारी गरेका छन्। १५ टन मार्सी, ४ टन सिमी, हरियो केराउ र कोदो गरेर १ टन क्यानडामा माग भएको उनले बताए।

क्यानडास्थित लायम फुड कर्पोरेसनका डा‍‍‍. पूर्ण कँडेलको समन्वयमा जुम्लाको मार्सी र सिमी निर्यात हुने भएको हो। कम्पनीले वाइवाइ चाउचाउ र चिया पनि ब्यापार गर्दै आएको छ।

नेपालबाट क्यानडा पठाइने सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने राजले जानकारी दिए।

‘अहिले लोगो तयार गर्ने तथा डी–स्टोन (सामान भएको ढुंगा हटाउने) गर्ने काम भइरहेको छ,’ उनले भने, ‘अबको १ महिना भित्र क्यानडामा पनि सामान जान्छ।’

जापानमा सहजै सामान पठाएका शाहीलाई क्यानडा सामान पठाउँन भने केही अप्ठ्यारो भएको छ। क्यानडामा नेपालबाटै प्याकिङ गरेर पठाइने हुँदा अप्ठ्यारो परेको उनले बताए।

‘जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ। हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्,’ राज पहिलो पटक सामान निर्यात गर्दाका अनुभव सुनाउँछन्, ‘तर क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ।’

कलेक्सन सेन्टरको समस्या हुँदा सबै किसनको उत्पादन समेट्न र जुम्लाबाट ठूलो परिमाणमा सामान काठमाडौं ल्याएर बेच्न समस्या भएको उनले बताए।

‘प्रत्येक किसानको उत्पादन जम्मा पार्न निकै समस्या पर्छ। जुम्लाबाट सिधैँ काठमाडौं गाडी लाग्दैन। लोड अनलोड गर्दा लागत मूल्य पनि बढी पर्न आउँछ,’ उनले भने।

गुणस्तरीय सामान पठाउने हो भने अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन व्यापारमा धेरै संभावना भएको उनको बुझाइ छ।

जुम्लाघर अर्ग्यानिक्समा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर पाइन्छ।

२०६० सालमा विज्ञानमा स्नातक सकेपछि सिटिइभिटीमा तीन वर्ष कृषि प्रशिक्षकको रुपमा काम गरेका शाहीले २०७४ सालमा कृषि व्यवसाय स्नातकोत्तर र विभिन्न अनुभव लिएर व्यवसाय सुरू गरेको हुन्।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल
खेलकुद

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.