×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रतिनिधि सभा बैठकका लागि संसद सचिवालयको तयारी कस्तो छ ?

१६ फाल्गुन २०७७

१६ फागुन, काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो । संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

Advertisement
Advertisement

कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सर्तकतालाई पनि ध्यान दिइएको उनको भनाई छ । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरुको पनि तयारी गरिएको बताए ।

उनले भने ‘सचिवालयका धेरै कामहरु मध्ये बैठकहरुको व्यवस्थापन पनि एउटा महत्वपूर्ण काम हो । यसलाई सचिवालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ । विशेषगरी अहिले हामीले विभिन्न आयामबाट हेरेका छौँ । अहिलेपनि कोरोना महामारीको अवस्था छदैँछ । त्यसलाई पनि मध्यनजर गर्नुपर्नेछ । प्रशासनिक व्यवस्थापन अन्तरगत एजेण्डाहरु के के हुनसक्छन् ? विधेयकहरुको अवस्था कस्तो छ ? कुन कर्मचारी कहाँ खटाउने, कसरी अवस्था छ ? लगायतका कुराहरुलाई प्रशासनिक व्यवस्था अन्र्तगत हामीले काम गरिरहेका छौँ ।’

स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको उनले बताए । त्यसैगरी प्राविधिक रुपमा पनि तयारी गरिएको बताए ।

उनले भने ‘स्वास्थ्यजन्य व्यवस्थापन, बैठक व्यवस्थापन गरिरहँदा कुनैपनि ढंगले सचिवालयका कमी कमजोरीका कारणबाट कोभिड–१९को समस्या नफैलियोस् भनेर त्यो कुरालाई विशेष फोकस गरेर हामीले ध्यानपूर्वक सुक्ष्म रुपमा काम गरिरहेका छौँ । सरसफाइ, सेनिटाइजर, सिटको व्यवस्थापन समग्र कुराहरुमा ध्यान दिएर काम गरिरहेका छौँ । प्रविधिमा फोकस गर्नुपर्ने छ । लाइटिङ सिस्टम, साउन्ड सिस्टम, माइक व्यवस्थापनका कुराहरुमा हेरिरहेका छौँ । समस्या छ कि भनेर चेक गरिरहेका छौँ । भौतिक व्यवस्थापनका कुराहरु गरिरहेका छौँ ।’

संसद सचिवालयले विधेयकहरुको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरुको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताए ।

बैठकको व्यवस्थापन सहज, सुरक्षित र कुनैपनि झन्झट र कठिनाई बिना अप्ठ्यारो नआओस् भनेर तयारी गरिरहेको पनि उनले बताए । मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको निम्ति राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।

हालसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक आव्हान गरिसकेको अवस्था छैन । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

Advertisement

यद्यपि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटनलाई बदर गरेर त्यसको १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने फैसला गरेको थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top