×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

कोभिडको निःशुल्क खोप अभियानः अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप दिइने

१७ फाल्गुन २०७७

१७ फागुन, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ ।

सरकारले आउँदो आइतवारदेखि ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको छ ।

Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने तयारी भएको बताए । त्यसअघि सरकारले सङ्घीय संसदका सांसदहरुलाई खोप दिने तयारी गरेको छ ।

समुदायमा खोप लगाउनुअघि सकारात्मक सन्देश दिन सांसदहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सरकारले पहिलो प्राथमिकतामा परेकालाई खोप लगाइसकेको छ ।

पहिलो प्राथमिकता प्राप्त समूहको पहिलो चरणमा पाँच लाख सात हजार ६०६ लाई लक्ष्य गरिएकामा चार लाख २९ हजार ७०५ अर्थात् ८४ दशमलव ६५ प्रतिशले खोप लगाएका मन्त्रालयले जनाएको छ ।

खोप लगाउने नागरिकको यो सङ्ख्या उत्साहप्रद रहेको मन्त्रालयको विश्लेषण छ । मन्त्रालयका कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीकाअनुसार अहिलेसम्म नेपालका लगाइएका खोपबाट एक हजार ९११ लाई मात्रै सामान्य प्रकारको असर देखिएको छ ।

ती असरमा सुई लगाएको भागमा दुख्ने, सुन्निने, गाँठो पर्ने, टाउको दुख्ने, जिउ र जोर्नीहरु दुख्ने, रुघाखोकी लाग्दा फ्लु जस्ता चिह्न तथा लक्षण देखिने, मध्यम ज्वरो आउने, वाकवाक लाग्ने जस्ता सामान्य समस्या देखिएका थिए ।

ती समस्या केही दिनमा आफैँ ठिक भएका पनि उहाँले बताउनुभयो । यसैबीच सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ । गएको माघ ८ गते भारतले १० लाख डोज खोप अनुदानस्वरुप नेपाललाई उपलब्ध गराएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरी १० लाख डोज नेपाल ल्याइसकेको छ ।

Advertisement
Advertisement

बाँकी रहेको १० लाख डोज खोप पनि आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कुल जनसङ्ख्याको २० प्रतिशतलाई खोप लगाइसकेपछि सरकारले निजी क्षेत्रलाई पनि तोकिएको मूल्य र संस्थाबाट लगाउने गरी आयात गर्न अनुमति दिने तयारी गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top