८ लाख घुस फ्याँकेर भागे गाउँपालिका अध्यक्ष, गाडी र चालक पक्राउ

१८ फागुन ७७, मंगलबार
Share this
705shares

१८ फागुन, काठमाडौँ । घुस लिएर भाग्दै गरेको धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको गाडी र चालकलाई अख्तियारले पक्राउ गरेको छ।

Advertisement

अध्यक्ष भने फरार भएका छन्। भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनमा क्षेत्रीले अतिरिक्त रकमबापत ८ लाख घुस लिएको अख्तियारले जनाएको छ।

घुस लिएर गाउँपालिका अध्यक्ष भागेको प्र.२–०२–००१ झ ०००२ नम्बरको स्कार्पियो गाडी र चालक वीरबहादुर मगरलाई बटेश्वर गाउँपालिका–४ बाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

Advertisement

अख्तियारको टोली पछि लागेको थाहा पाएपछि क्षेत्रीले भने घुस रकम भने छिरेश्वर नगरपालिका–५ को बाटोमा फ्याँकेर भागेको रिसालले बताए।

फरार रहेका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन्। स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्ना दिइरहेका छन्।

Advertisement

विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालाबन्दी गरेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top