Nepal Times
Nepal Times
3
Shares

फागुन २२ गतेदेखि ललितपुरमा महिला हस्तकला मेला हुने

फागुन २२ गतेदेखि ललितपुरमा महिला हस्तकला मेला हुने

२० फागुन, काठमाडौँ । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ ।

नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो ।

बिहिबार नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै महिला हस्तकला मेला २०७७ हुने जानकारी गराएका हुन् ।

हस्तकलाको प्रवद्र्धन महिला शसक्तिकरणको सम्र्बद्धन भन्ने नारा सहित हुने भेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने भएको छ ।

मेलामा साना ठूला गरी ५० भन्दाबढी स्टलहरु रहने बताइएको छ । मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सीसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको प्रदर्शन हुनेछ ।

हस्तकला मेला ललितपुर महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.